योग तथा प्राकृतिक चिकित्सालयको नयाँ नेतृत्व चयन
भक्तपुर, कार्तिक २१ ग्ते
मस्तिष्कमा समझदारी, काँधमा जिम्मेबारी, हृदयमा इमान्दारी नाराकासाथ योग तथा प्राकृतिक चिकित्सालय भक्तपुरले आज ३२ औं वार्षिक दिवसतथा साधारण सभा आयोजना गरी नयाँ नेतृत्व चयन गरेको छ ।
बाराही पिठ भक्तपुरमा आयोजित सो साधारण सभाबाट रोशनीमैया द्यौबन्जाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै चरित्र निर्माण संघका अध्यक्ष स्वामी कल्याण मित्रले स्वस्थ्य मानव जीवनकालागि योग र प्राकृतिक चिकित्साकाको महत्व विषयमा प्रकाश पार्दै दैनिक जीवनमा लागु गर्न आग्रह गर्नु भयो ।


चिकित्सालयका अध्यक्ष विक्रम द्योबन्जाको सभापतित्वमा आयोजित सो कार्यक्रममा बाराही पिठ विकास समितिका अध्यक्ष अनन्त धौभडेल, पत्रकार सम्पादक केबी सम्रात, साहित्यकार इन्दुल केसी, समाजसेवी जनकदेवि राजभण्डारीसहितका अतिथिहरुले भक्तपुरलाई योग जिल्ला बनाउन खेलेको भूमिकासँगै बाराही पीठमा योगाभ्यास र प्राकृतिक चिकित्सा पुनः सुरु गर्न नयाँ कार्य समिति चयन भएको बताएका थिए ।
सो अवसरमा आयोजित साधारण सभाबाट रोशनीमैया द्यौबन्जा अध्यक्ष, दयालक्ष्मी प्रजापति उपाध्यक्ष, सचिव प्रचण्डप्रकाश कारन्जित, कोषाध्यक्ष शशिबदन हाडा, सहसचिवमा निरज जोशी, सदस्यहरुमा नन्दलक्ष्मी, दिम्पल, रजनी केसी, हरिकृष्ण भुजु, मैयाँ तिमिला, तारा द्यौभडेल र सल्लाहकारहरुमा जनकदेवी राजभण्डारी, इन्दुल केसी, अन्नत धौभडेल र पशुपतिभक्त हाडा रहेका छन् ।














