चन्द्रागिरिको बलम्बुमा आत्मरक्षा तालिम सम्पन्न
चन्द्रागिरि, बलम्बु , असार १० गते । चन्द्रागिरि नगरपालिकाको सहयोगमा ह्युमन नेपालको आयोजनामा बुधवार बलम्बुमा किशोरीहरुका लागि आत्मरक्षा अभिमुखिकरण कार्यक्रम आत्मरक्षा प्रशिक्षक रविन्द्र श्रेष्ठ तथा सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोलीको उपस्थितीमा सम्पन्न भयो । अभिमुखीकरण कार्यक्रममा आत्मरक्षा प्रशिक्षक रविन्द्र श्रेष्ठबाट आत्मरक्षाका लागि प्रयोग हुने दैनिक अभ्यास तथा आकस्मिक विभिन्न उपायलाई प्रयोगात्मक तरिकाबाट सिकाउनु भयो ।

त्यस्तै सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली(श्रेष्ठ)ले किशोरकिशोरी विद्यार्थीले सामाजिक नियम कानुनी ज्ञानलाई सकारात्मक तथा व्यवहारिकले लागु गर्नमा जोड दिदै किशोरकिशोरीमाथि हुनुसक्ने सांघातिक हमला, लैगिक हिंसामा स्वयमको सुरक्षाको लागि अपनाउनु पर्ने विभिन्न उपायबारे प्रस्तुतिकरण गर्नु भयो । कार्यक्रम बलम्बु मावि र स्थानीय ३० जना किशोरीहरुको उपस्थिति थियो ।















