आज थप छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको

भक्तपुरमा थप ७२ र देशभर छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको

पछिल्लो २४ घण्टामा देशभर छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएका छन भने भक्तपुरमा बिहिबार ७२ जना थप कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानेको छ । कार्यालय प्रमुख कृष्ण बहादुर मिजरका अनुसार भक्तपुर नगरका १० पुरुष र ७ महिला गरी १७ जना, चाँगुनारायण नगरपालिकाका ६ पुरुष र ३ महिला गरी ९ जना, सूर्य विनायक नगरपालिकाका २१ पुरुष र १२ महिला गरी ३३ जना र मध्यपुर थिमी नगरपालिकाका ३ पुरुष र ६ महिला गरी ९ जना तथा सम्पर्क बिहिनभएका ४ महिला गरी ७२ जना संक्रमित थपिएका थिए ।

देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गर्दा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण  देखिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् । नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् ।

पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ । उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।