सुकुम्बासीसँग समस्या सुनुवाईमा मुख्य मन्त्री
भक्तपुर, बैशाख २४ गते
बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले सुकुम्वासीवस्तिबाट विस्थापित भएका समुदायलाई स्थानीय सरकार, बागमती प्रदेश सरकार र केन्द्रीय सरकारको संयोजनमा बास, गाँस र कपासको सुनिस्चितता गर्ने जनाएका छन् । आज भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा रहेका सुकम्बासीहरुसँग भलाकुसारी गर्दै उहाँले ति समुदायका समस्या समाधानकालागि प्रदेश र केन्दीय सरकार मिलेर समाधान खोजिने जनाएका हुन । मुख्य मन्त्री बानियाँले भन्नु भयो सुकुम्बासीलाई न्याय दिन स्वास्थ्य मन्त्री र सचिव सहतिको टोली आएका छौं ।
सो अवसरमा मुख्य मन्त्री समक्ष सुकम्वासीका सन्ततीहरुले राम्रो विदालय जान पाउनुपर्ने, विरामीहरुको औषधी उपचारको व्यवस्था हुुनुपर्ने र युवाहरुले काम पाउनुपर्ने तथा दीर्घकालिन बासको सुनिश्चितता हुनुपर्ने सहितका मागहरु राखेका थिए । सुकुम्बासीहरु बीच नेता, मन्त्रीहरु आउने आश्वासन मात्र बाड्ने कार्य गलत भएको भन्दै तिनीहरुले मुख्य मन्त्रीको गम्भिर ध्यानाकर्षण गराएका थिए । तिनीहरुको समस्या बुझ्दै मुख्य मन्त्रीले भने अहिले खान र बस्न पाएका छौ, लुगाफाताको व्यवस्था गर्न, विरामीको निःशुल्क उपचार गराउन, तथा बालबालिकाहरुलाई नजिकैको विद्यालयमा पढाउने व्यवस्था गर्नु । मुख्य मन्त्री बानियाले सो कार्य गर्न बजेटको अभाव हुन नदिने भन्दै बागमती प्रदेशका स्वस्थ्यमन्त्री किरण थापामगर र संस्कृति मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम सहितको तोलिले स्थालगत निरिक्षणसँगै सुकुम्बासीहरुसँग भलाकुसारीका साथै तिनीहरुको समस्या र गुनासोको सुनुवाई गरेका हुन ।
गत हप्ता प्रधानमन्त्रीको सचिवालयको टोलिले खरिापाटीस्थित विद्युत तालिम केन्द्रमा एक हप्ताकालागि मात्रै सुकुम्बासीहरुलाई राख्ने र सो अवधिमा आवास, खानपिन, स्वास्थ्य र शिक्षामा कुनै कमि आउन नदिने बताएका थिए । यसैसन्दर्भमा सो तालिम केन्द्रमा बसेको एक हप्ता हुन थालेपछि आफूहरुको भविष्य के हुने हुन? सरकारले कसरी पुनस्थापित गर्ने होलान? भन्ने विषयमा सुकुम्बासीहरु चिन्तित हुन थालेका छन् ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...













