अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाका वडाहरुमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण संचालन ।

अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाका वडाहरुमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण संचालन ।
२६ असोज २०८०
खरीपाटी, भक्तपुर

अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (१३ अक्टोब) २०२३ का अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन शाखाको आयोजना तथा वडास्तरीय विपद् पूर्वतयारी समितिको समन्वयमा यही असोज २४ देखि २६ सम्म वडा नं १ देखि ८ सम्म महिला समुह, कृषक समुह तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।


“उत्थानशील भबिष्यका लागि असमानतासंग लड्दै” ९ँष्नजतष्लन ष्लभत्रगबष्तिथ ायच चभकष्ष्भिलत ागतगचभ० भन्ने नाराका साथ विश्वभर आजका दिन विपद् जोखिम न्यूनीकरण दिवस मनाउदै गरीएकोछ । यस वर्षका मुख्य सन्देशहरु
१) गरिबी, असमानता र भेदभाव बढ्दो प्रकोप जोखिमका कारण र परिणाम हुन् ।
२) असमानताले ती अवस्थाहरू सिर्जना गर्दछ जसले मानिसहरूलाई प्रकोपको सामना गर्न र जोखिममा पार्ने गर्दछ । विपद्ले गरीब र सबैभन्दा जोखिममा रहेका मानिसहरुलाई पनि असमान प्रभाव पार्छ, जसले गर्दा असमानता बढ्दै गएको छ । विपद्को जोखिम कम गर्न यी आयामहरूलाई सम्बोधन गर्न आवश्यक छ ।
३) सन् २०३० सम्म, वर्तमान जलवायु प्रक्षेपण अनुसार, विश्वले प्रति वर्ष लगभग ५६० प्रकोपहरूको सामना गर्नेछ । थप अनुमानित ३७.६ मिलियन मानिस २०३० सम्ममा जलवायु परिवर्तन र प्रकोपको प्रभावका कारण चरम गरिबीको अवस्थामा बाँच्नेछन् । जलवायु परिवर्तन र प्रकोपको “सबैभन्दा खराब अवस्था” ले २०३० सम्ममा थप १००.७ मिलियनलाई गरिबीमा धकेल्नेछ ।
४) हामी खतराहरूको विनाशकारी शक्तिलाई अंकुश लगाउन सक्छौं – अर्को शब्दमा, तिनीहरूलाई प्रकोपमा परिणत हुनबाट रोक्न – मानिसहरूलाई हानी गर्न सक्ने सम्मखता र संकटासन्न्ताको जोखिम कम गर्नको लागि बनाइएको योजनालाई होशीयारी र समन्वयात्मक तरीकाले प्रयोग गरेर ।
५) असमान रुपमा हुने विपद्का प्रभावहरू र सम्मुखतालाई राम्रोसँग बुझ्न र उत्थानशील बनाउने योजना निर्माणबारे सूचित गर्नका लागि विभाजित तथ्यांकको सङ्कलन र प्रयोगमा ठूलो लगानी आवश्यक छ ।
यसै सन्दर्भमा सन्देश दिनुहुँदै नगर प्रमुख जीवन खत्रीले गरिबी, असमानता र भेदभाव बढ्दो प्रकोप जोखिमका कारण भएकाले समावेशीतालाई ध्यानमा राखेर नगरपालिकाले नगरस्तर, वडास्तर, समुदायस्तर, विद्यालयस्तरमा गतिविधहरु संचालन गर्दा संकटासन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा गतिविधिहरु संचालन गर्नको लागि यसै आर्थिक वर्षमा ३ करोड ६५ लाख ५० हजारको बजेट विनियोजन गरीएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनको लागि स्थानीय उत्थानशील कार्यढाँचा तयार गरी नगरपालिकाले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लगायत नीति, नियम र नियमावली र योजना अनुरुप विपद् व्यवस्थापनका गतिविधिहरु संचालन गरीने बताउनुभयो । आइसेट नेपाल र डिसिए नेपालले पनि चाँगुनारायण नगरपालिकामा विपद् व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु संचालनको लागि आर्थिक र प्राविधिक सहयोग गर्दै आएको कुरा बताउनुहुदै उहाँले यस वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अनुरुप गतिविधिहरु संचालन गरेको कारणले मनसुनजन्य विपद् रोकथाम तथा न्यूनीकरणका कार्यहरु प्रभावकारी रुपमा भएको बताउनुहुँदै बाढी तथा पहिरोका कारण भएका क्षतिलाई मध्येनजर गर्दै नगरपालिकाले विद्यालय, मन्दिर, सार्वजनिक भवन, बाटोलाई प्राथमिकतामा राखेर विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी १ करोड ५० लाखको बाढी तथा पहिरो रोकथाम एवं नियन्त्रण योजना स्वीकृत गरीसकेको जानकारी पनि दिनुभयो ।

२०८० असोज २४ गते देखि २६ गते सम्म विभिन्न वडामा संचालित अभिमुखिकरण कार्यक्रममा विपद् र विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, विपद् र विकास, स्थानीय विपद्हरु, रोकथाम र जोखिम न्यूनीकरणका उपायहरु, चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापनमा गरेका प्रयासहरु, हालैको मनसुनमा नगरपालिकाले गरेको प्रतिकार्य लगायत गरिबी, असमानता र भेदभावका कारण बढ्ने प्रकोप जोखिमका कारण र परिणामका बारेमा पनि छलफल गरीएको थियो । अभिमुखिकरण कार्यक्रमहरु वडा नं १ को चाँगुनारायण मा.वि, २ को आजाद मा.वि, ३ को वडा कार्यालय (कृषक महिला समुह), ४ को दोलागिरी मा.वि, ५ को राधाकृष्ण मा.वि, ६ को वडा कार्यालय(महिला समुह), ७ को बागेहिणी मा.वि र ८ को सरस्वती मा.वि थाकलमाथमा संचालन गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु दिवाकर पौडेल, ऋषि खड्का तथा राजकुमार लम्सालले सहजीकरण गर्नुभएको थियो ।