बागमतीप्रदेशका डेंगु बढ्दो, उपत्यका बढी प्रभावित
भक्तपुर, असार २८ गते
बागमती प्रदेशमा पनि डेंगु संक्रमण बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटोडा मकवानपुरले आज भक्तपुरमा पत्रकार अन्तरक्रिया गर्दै डेंगु रोग निवारणकालागि सञ्चार क्षेत्रको ध्यानाकर्षण गराएका हुन । हाल बागमती प्रदेशका १३ वटा जिल्लामा ४४१ जना डेंगु संक्रमित पुष्टि भएको भन्दै मन्त्रालयले सबैभन्दा बढी काठमाण्डौ उपत्यकाका तिनवटा जिल्लामा संक्रमितको संख्या बढी रहेको चर्चा गर्दै गत वर्ष ४१ संक्रमित भएको भक्तपुर जिल्लामा यस वर्ष संक्रमितको संख्या ३६ पुगि सकेको बताएका छन् ।
डेंगि सार्ने एन्डिज जातको एउटा लामखुट्टेको आयु ३० दिनसम्म रहने र सो अवधिमा ५०० देखि १००० वटासम्म अण्डा पार्न सक्ने भन्दै डेगु रोग रोकठामको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका हुन । डेंगु संक्रमित लामखुट्टेले पार्ने अण्डामा पनि संक्रमित हुने भन्दै डेंगुबाट बच्न लामखुट्टे नियन्त्रण सम्बन्धि प्रस्तुतीकरण भएको थियो । सो अवसरमा बागमतिप्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले मन्त्रालयको कार्य योजना र कार्य सम्पादन बारे प्रकाश पार्दै संघियतापछिको स्वास्थ्य सेवा प्रभावकारी हुँदै आएको बताएका छन् । उहाँले जनस्वास्थ्यकालागि प्रदेश सरकारले कम्तिमा १० प्रतिशत बजेट छु्ट्याउनुपर्नेमा ६ प्रतिशतमात्रै उपलब्ध रहेको बताएका थिए । उहाँले प्रदेशमा रहेका ६१ लाख भन्दा बढी जनताको स्वस्थ्य सेवा प्रभावकारी बनाउन जिल्ला सहकारी अस्पताल तथा पालिकाहरुद्वारा सञ्चालित अस्पतालहरुको सुधारउन्मुख कार्ययोजनाहरु कार्यान्वयन भइरहेको बताएका थिए ।
सो अवसरमा प्रदेशका दुरदराजका जनताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर सेवा दिदै आएको चर्चा गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पताल सहित प्रदेशका ५ जिल्ला अस्पतालहरुबाट नर्सिङग कलेज सञ्चालनको तयारी भएको भन्दै उहाँले मन्त्रालयको सेवा विस्तार गर्न जनशक्तिको अभाव रहेको बताएका छन् । विद्यालय नर्सिङ्ग सेवालाई विस्तार गर्ने योजना रहेको चर्चा गर्दै मन्त्री थापाले स्वास्थ्य विमा मार्फत पत्रकारहरुलाई सुविधा दिने तयारी भएको पनि बताए । सो अवसरमा मन्त्रालयका प्रवक्ता डा. खगेश्वर ज्ञलाल, स्वास्थ्य निर्देशक नरेन्द्रकुमार झाले पनि बोल्नु भएको थियो ।












