भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन
भक्तपुर, फागुण २६ गते
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन भएकोछ । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरलाई हिजो अचानक हृदयघाट भएपछि अस्पतालमा भर्ना गरिएको थियो । आज उनको उपचार गर्दा गर्दै आज सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको थियो । उहाँको निधनले भाषा पत्रकारिता, साहित्य तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको नेवाः राष्ट्रिय पत्रकार महासंघका के के मानन्धरले जनाएको छ।
अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय मानन्धरको पार्थिव शरीर भोली फागुन २७ गते बुधबार बिहान ९ः०० देखि १२ः०० बजेसम्म अन्तिम श्रद्धाञ्जलीको लागि नेपालभाषा मंका खलः (खुसिबुँबाट स्वयम्भू नपुग्दै बिजेश्वरी बज्र होटलसँग बिज्यासः) प्राङ्गणमा राखिने उहाँले जनाएको छ। उहाँको अन्त्येष्टि लुँति घाट (खुसिबुँ)मा हुने छ ।
स्वर्गीय पत्रकार सुरेशकिरण मानन्धरको असामहिक निधन प्रति जनसञ्चार खवर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्द छ ।
Featured Posts – Style 1
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
2026-06-15 Comments Off on दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन...
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
2026-06-15 Comments Off on सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत काठमाडौ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा...
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
2026-06-13 Comments Off on पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्नभक्तपुर, ३० जेठनेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न...
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
2026-06-12 Comments Off on ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणभक्तपुर, जेठ २९ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय...













