नगरकोटको भटेडांडा आजबाट यसरी भयो महामञ्जुश्री

नगरकोटको भटेडांडा अव महामञ्जुश्री नामाकरण
भक्तपुर, श्रावण २६ गते
मध्यपुर थिमी नगरपालिकाले नगरका पूरानो नाम खोजि खोजि नामाकरण गरिरहँदा चाँगुनारायण नगरपालिकाले भने पूरानो नाम हटाएर नयाँ राम राख्न थालेको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित नगरकोटको भटेडौडालाई आजबाट महामञ्जुश्री नामांकन गरेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको पर्यटन विकासकालागि प्रचुर संभावना भएको नगरकोट क्षेत्रमा रक्सि पार्ने र बेच्ने भटि नै भटि भएको ठाउँ भएकाले भटेडाडा हुन गएको ठाउँलाई आजबाट नयाँ नाम महामञ्जुश्री राखेको बताए । भटि नै भटि भएकाले भटे डाँडा भन्नु भन्दा धार्मिक र ऐतिहासिक नाम महामञ्जुश्री राम्र भएको प्रमुख खत्रीको भनाई छ । महामञ्जुश्री काठमाण्डौ उपत्यका सृष्टिकर्ता तथा बौद्धमार्गि समुदायको आष्ठाको प्रतिक भएकाले पनि सो नाम सान्दर्भिक भएको प्रमुख खत्रीको भनाई छ । २०८२ सालमा नगरकोट भ्रमण वर्ष घोषण गरिसकेकाले गुरु योजना अनुसार पर्यटकिय गतिविधि बढाउन सो क्षेत्रमा आज नेपालको झण्डा फरफराएर भटेडाँडालाई महामञ्जुश्री नामाकरण गरेको हो ।


चाँगुनपा, शंखरापुर नपा, मदन देउपुर नपा र बनेपा नपा सहित ४ वटा पालिकाहरु तथा भक्तपुर, काठमाण्डौ र काभ्रे गरी ३ वटा जिल्लाहरुको संगम स्थलको रुपमा रहेको नगरकोटमा पर्यटकको आगामण र बसाई लम्याउने विभिन्न कार्यक्रमहरु तर्जुमा भइरहेको नगर प्रमुख खत्रीको भनाई छ । पर्यटकहरु सहजरुपमा आवागण गराउन कमलविनायक नगरकोट सडकको महत्वपूर्ण भुमिका रहेकोले सो सडकको स्नोतिको लागि पनि नगरपालिकाको ध्यानाकर्षित भइरहेको उल्लेख गरे ।
कार्यक्रममा नगरकोट नाल्डुंग पर्यटन विकास समितिका पूर्व अध्यक्ष बद्री माक, अध्यक्ष नविन गुरुङ , चनपा ६का वडाध्यक्ष धनबहादुर लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी,पूर्व उप्रमुख विना बास्टोला, नगरकोट व्यारेकका सुरक्षाप्रमुख सहित विभिन्न पर्यटन ब्यवसायीहरुको सहभागिता थियो ।