काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक

काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक
काठमाण्डौं, फाल्गुण १२ गते
काठमाण्डौ निर्वाचन क्षेत्र नं. ९कालागि नेकपाका उम्मेदवार राधाकृष्ण महर्जनले आफ्नो कम्यूनिष्ट आन्दोलनको लामो अध्यायको निष्कर्ष निर्वाचन मार्फत जनतामा राजनैतिक चेतना फैलाउनु भएको जनाएका छन् । निर्वाचनमा हुने जित हारलाई भन्दा राजनैतिक सचेतना महत्वपूर्ण भएको भन्दै नेपाः बैक्वेट काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रो जिम्मेबारी, सुशासन, समृद्धि र सामाजिक न्यायका लागि हाम्रो उम्मेवारी नाराका साथ पार्टीको घोषणा पत्र अनुसार निर्वाचनको माहोलमा मतदाताहरु समक्ष पुगि रहेको जनाए । आफ्नो उम्मेदावरीले नेवार समुदायको कला संस्कृति संम्पदा संरक्षणका साथै पर्यटन व्यवसाय प्रवर्धनमार्फत आर्थिक विकास हुने धारणा राखेका छन् । आफ्नो निर्वाचन क्षेको आर्थिक, सामाजिक, साँस्कृतिक, सार्वजनिक क्षेत्र नदि नाला, मठमन्दिर तथा सम्पदाहरुको संरक्षणको दायित्व बहन गर्दै निर्वाचनमा होमिएको जनाएका छन् । २०३८ साल देखि नेकपा मालेबाट राजनीति सुरु गरेका महर्जन नेकपा एमाले हुँदै हाल नेकपाबाट आफू निर्वाचनमा होमिएको बताए । न्यूरोड बसाई भए पनि काठमाण्डौ निर्वाचन क्षेत्र नं ९ आफ्नो कर्म थलो भएको भन्दै उहाँले गुठी विद्येयक सहित विभिन्न सामाजिक अभियानमा पनि आफ्नो योगदान रहेको बताउँदै स्थानीय मतदाताले आफ्नो योगदान र पार्टीको घोषणाका आफूलाई विजयी बनाउने बताएका छन् । राजनैतिक अस्थिरताका कारण आफ्नो नेताहरुले ५ वर्ष सरकार चलाउन नपाएकाले विगतमा घोषणा पत्र अनुसार काम गर्न नपाएको धारणा राख्दै आफ्नो जीतसँग दलित तथा अल्पसंखयक समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विशेष कार्यक्रम ल्याउने भन्दै उहाँँले पत्रकारहरु बीछ ३६ बुधे प्रतिबधता पत्र जाहेर गरेका छन् ।

https://www.facebook.com/reel/2002194740674794/?s=single_unit