क्लब ५० मा नयाँ नेतृत्व
काठमाडौँ
क्ल्ब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ स्थिति अलोफ्ट होटलमा सम्पन्न १९ औँ साधारणसभाबाट निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ अध्यक्षका लागि सर्वसम्मतबाट चयन भएको घोषण निर्वाचन आयुक्त दीपक मल्होत्राले गरे ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्ष युवराज श्रेष्ठ महासचिव हवेन्द्रप्रसाद देव कोषाध्यक्ष पदमराज सुवेदी कार्यकारिणी सदस्यहरुमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी, डा. कविता अधिकारी सर्वसम्मतबाट चयन भएका थिए ।
क्लबका तात्कालिन अध्यक्ष तथा निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय थिए ।
पानसमा बत्ती बालेर राष्ट्रिय गानसहित शुभारम्भ भएको कार्यक्रमका अतिथिहरुलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका महासचिव युवराज श्रेष्ठले क्लबको गतिविधिका बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा क्लब फिफ्टीद्वारा प्रकाशित अभियानको १४ अंकको विमोचन भएको थियो । क्लबका पदाधिकारी प्रमुख अतिथि तथा सभापति अंगुर कार्कीलगायत मञ्चासीनबाट अभियानको संयुक्त रुपमा विमोचन गरिएको हो ।
अभियानका अतिथि सम्पादक साहित्यकार रमेश दाहाललाई सभापति तथा नि. अध्यक्ष अंगुर कार्कीद्वारा विशेष धन्यवाद मन्तव्यसहित कदरपत्र, मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
क्लबका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सल्लाहकार परिषद्का संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्व अध्यक्षहरु भुपेन्द्र कार्की, शादरभक्त रंजित, दमन बस्नेत, रमेश लुइटेल, दीपक मल्होत्रा त्यसैगरी वरिष्ठ पत्रकार जीवराम भण्डारी, नेपाल चेम्बर्स कमर्शका अध्यक्ष कमलेश अग्रवाललगायतले मन्तव्यसहित शुभकामना दिएका थिए ।
त्यसैगरी शुभकामना मन्तव्यका क्रममा पूर्व गृहमन्त्री निरन्जन थापाले क्लब फिफ्टी नेपाल फिफ्टी ओभरका नागरिकहरुको संस्था भए पनि क्लबको क्रियाकलापले जेन्जी पुस्ताको क्लबको महसूस गराएको बताएका थिए ।
प्रमुख अतिथि उपाध्यायले आफू ५० नपुगे पनि कार्यक्रमको माहोलले ५० नै पुगिसकेको अनुभूति दिलाएका बताए । उनले— क्लब भन्नेबित्तिकै मनोरन्जनयुक्त क्रियाकलाप संचालन गर्ने बुझिन्छ यद्यपि क्लब फिफ्टीले गरेका सामाजिक कार्यहरुलाई अवलोकन गर्दा कुनै एनजिओ आइएनजिओ भन्दा कम नभएको कुरा बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष अंगुर कार्कीले आफ्नो कार्यकालमा भएका गतिविधिहरुको चर्चा गर्दै सम्पूर्ण पदाधिकारी, सदस्यलगायत सहयोगी मनहरुप्रति हार्दिक धन्यवादसहित मायाको चिनो प्रदान गरेकी थिइन् ।
अक्षेता शाक्यको सुमधुर आवाजमा सञ्चालन भएको कार्यक्रम समापनपश्चात् ‘कक्टेल डिनर’को आयोजना गरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














