नेमकिपा मादलको निर्वाचन प्रचार प्रसार, दुवाकोटमा, सत्तासिन दललाई प्रश्नै प्रश्न
भक्तपुर, फागुण ९ गते
भक्तपुर निर्वाचन क्षेत्र नं. १का लागि नेपाल मजदुर किसान पार्टी मादलका उम्मेदबार प्रेम सुवालले दुवाकोटका मतदाताहरुसँग मत माग्न घरदैलो पुगेका छन् । मतदाताहरु बीच उम्मेदवार स्ुवालले पटक पटक सरकारमा गएर पनि देश र जनताको सेवा गर्न नसकेकै कारण जेन्जी आन्दोलन भएको उल्लेख गर्दै हाम्रा नाती पनातीको पालासम्म पुग्दा देश नै नरहने गरी देशको महत्वपूर्ण नदी नाला भारतलाई सुम्पने ति दलहरुलाई मत दिन नहुने जिकिर गरेका छन् । झण्डा लिएर ति दलका मानिसहरु मत माग्न आए भने तपाईको पार्टी के सरकारमा गएका छैनन्?, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएका छैनन्? तपाईका पाटीका नेता प्रधानमन्त्री, उपप्रधान मन्त्री, मन्त्री भएका बेला किन भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सकेनन? बन्द रहेको कलकारखान राम्ररी सञ्चालन गर्न किन सकेन? किन देशका महत्वपूर्ण जलविद्युत उत्पादन हुने नदि नाला भारतलाई सुम्पियो ? भन्ने प्रश्न गर्न उहाँले आग्रह गर्नु भयो ।
सरकारमा गएका पार्टीले चलाएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरुले भक्तपुर नगरपालिकाले जस्तै विद्यालय सञ्चालन गर्न नसकेको चर्चा गर्दै उहाँले ख्वव कलेजहरुले देशैभरका ४४ हजार विद्यार्थीहरुलाई अध्ययन गराइसकेको त्यस मध्ये ९ हजार इन्जिनियर भएको बताएका छन् । सरकारमा गएका पार्टीहरुले यसरी सहज रुपमा जनताका छोराछोरीलाई शिक्षा दिइ आएको भक्तपुर नगरपालिकालाई ख्वप विश्व विद्यालय सञ्चालन गर्न स्वीकृति नदिएको बताउनु भयो ।
नेमकिपाको मादलमा मतदान गरी उम्मेदबारहरुलाई विजयी गराएमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, युवाहरुलाई देशभित्रै रोजगारी, स्वास्थ्य उपचार पनि निःशुल्क, देशको सार्वभौमिकता रक्षा, सिमा सुरक्षा अतिक्रमण रोक्ने, अतिक्रमित भूमि फिर्ता ल्याउने यसै गरी नेपालीको सम्पतिको सिमाङकन गरी विदेशमा पैसा राख्न नहुने नीति बनाउने जनाएका छन् । यसरी देश र जनताको निःस्वार्थ सेवा गरेको देखेर प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएकाहरुकोे इख, आक्रोसका कारण अहिलेसम्म ख्वप विश्वविद्यालय स्वीकृती नदिएको पनि उहाँले बताउनु भयो ।
अहिलेसम्म प्रधानमन्त्री, उपप्रधान मन्त्री र मन्त्री भएकाहरुले नै चुरे दोहन गर्न दिएको, नदिनाला भारतलाई सुम्पेको, भ्रष्टाचार र कमिसनले सिह दरवारलाई भ्रष्टाचारको अखडा बनाएकोे, भएरभरका कलकारखाना बन्द र निजीकरण गरेर करोडौ युवाहरुलाई विदेश पठाएको भन्दै नेमकिपा सचिव समेत रहेका उम्मेदबार प्रेम सुवालले तिनीहरु विरुद्ध नेमकिपाको मादलमा मतदान गर्न उहाँले आह्वान गर्नु भयो । आफूहरु पद् र लाभकालागि राजनीतिमा लागेको नभई पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सिकाए अनुसार देश र जनताको निःस्वार्थ सेवाकालागि राजनीतिमा लागेको उहाँले बताउनु भयो । देशभर नेमकिपा र मादलमा मतदान गर्ने मतदाताहरुसँग सल्लाह गरेर पार्टीको घोषण पत्र अनुसार काम गर्ने उहाँले प्रतिबधता जनाएका छन् ।
सरकारमा जाने देश र जनताको सेवा नगर्ने ति पार्टीहरुले ११ सालमा कोसी, १६ सालमा गण्डकी नदि भारतलाई सुम्पेको, यसै गरी ४८ सालमा तनकपुर, ५३ सालमा महाकाली अरुण तेस्रो, तल्लो अरुण, माथिलो कर्णाली, त्यसपछि मुगु कर्णाली, तिला एक,…. फुकोट कर्णाली, मुगु कर्णाली सहित महत्वपूर्ण जलविद्युत उत्पादन गर्ने नदिनाला बहुदल आएपछि साझा नदि भनेर भारतलाई सम्पेर हाम्रा नाती पनातीको पालामा देश नै नरहने अवस्थामा पुर्याएको तथ्य प्रस्त्ुत गर्दै उहाँले पटक पटक सरकारमा गएर पनि नेपाली भूमि किन फिर्ता नलिएको? नेपाली उद्योगधन्दा किन राम्रोसँग नचलाएको? हरियो धन नेपालको धन किन नबनाएको? ६ हजार भन्दा बढी रहेको नादी नाला भारतलाई किन बेचेको? भनि मत माग्न आउने सत्तासिन दलहरुलाई प्रश्न गर्न उहाँले आग्रह गर्नु भयो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २स्थित दुवाकोटमा आज भएको निर्वाचन प्रचारप्रसारकाक्रममा पूर्वसांसद एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदवार तथा नेमकिपा सचिव प्रेम सुवालले मतदाताहरु बीच सो कुरा बताएका हुन । सो अवसरमा नेमकिपा भक्तपुर जिल्लाका उपाध्यक्ष तथा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछे भक्त फोजूले पनि देशको सार्वभौमिकता रक्ष ागर्न, विदेशी हस्तक्षेप विरुद्ध नेमकिपाको मादल चिन्हमा समानुपातिक र प्रत्यक्ष दुवै मतदान गर्न आह्वान गरेका थिए ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













