बागेश्वरीमा पूर्व विद्यार्थीहरुले गरे रक्तदान

बागेश्वरीमा पूर्व विद्यार्थीहरुले गरे रक्तदान
भक्तपुर, बैशाख १५ गते
बागेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुहरुले शनिवार विद्यालय प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ३ दर्जन भन्दा बढी पूर्व विद्यार्थीहरुले रक्तदान गरेको सो कार्यक्रमले विद्यालयका पूर्वविद्यार्थीहरु क्रियाशिल हुन थप उर्जा प्रवाह भएको जनाएका छन् । आयोजक समितिका अध्यक्ष सुमन धन्छाले सुस्ताएका पूर्वविद्यार्थीहरुलाई क्रियाशिल बनाउन रक्तदान कार्यक्रम आयोजना गरेको चर्चा गर्दै उहाँले २०४० साल देखिका पूर्व विद्यार्थीहरुको सहभागितामा रक्तदान कार्यक्रम आयोजना भएको बताए ।
विद्यालयको छानो नभएको बेला ईट्टामा बसेर कखरा पढेर अहिले देशविदेशमा रहेका हजारौ नर्सहरुलाई पढाउन सक्षम म जस्तो नर्स प्रशिक्षक हुन सकेकोमा विद्यालयप्रति गर्व महसुस भएको भन्दै वरिष्ठ नर्स लक्ष्मी प्रजापतिले आज भएको रक्तदान कार्यक्रम सफल पार्न बनेपा देखि सहभागिता जनाएको बताए ।
पूर्वविद्यार्थी समाज समेत गठन गरी विद्यालयको शैक्षिक उनय्नकालागि आर्थिक कोष समेत बनाई सकेको भन्दै सहभागि पूर्वविद्यार्थीहरुले आआफ्नो क्षेत्रबाट सक्ने सहयोगबाट विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।