किसान संघले मनाए, आज ३७ औं सहीद दिवस
भक्तपुर, फाल्गुण ८ गते
नेपाल क्रान्तिकारी किसान संघले आज ३७ औं शहिद दिवस मनाएका छन् । नेमकिपा सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका बीर सहीदहरुको प्रतिमामा मान्यापन गर्दै सहीदको सपना पूरा गर्न लागुपर्नेमा जोड दिएका छन् । देशको राजनैतिक परिवर्तण, सार्वभौमिकता रक्षा एवं आमूल परिवर्तणलागि सहादत प्राप्त सहीद तथा घाईते योद्धाहरुलाई सधै सम्झि रहनुपर्ने र सम्मान गरिरहनु पर्ने भन्दै प्रमुख अतिथि सुवालले २०४६ सालको जनआन्दोलनमा भक्तपुरमा सहीद जन्मिसक्दा पनि काठमाण्डौका जनता नउठेको कुरा एकजना कविले कवितामार्फत सुनाएको कुराले काठमाण्डौ, ललितपुर देखि देशभरका जनता उठेपछि पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलिय ब्यवस्थाको पुनःस्थापना भएको बताउनु भयो ।
सहीदले प्रतिकृयाबादी सरकारलाई दिने जवाफ भनेको सक्छौ भने गोली चलाउन हामीले माफि माग्दैनौं भनि ज्यान दिनेहरु नै शहीद भएको उल्लेख गर्दै उहाँले आन्दोलनकोक्रममा सधै अगाडी रहने र प्रतिकृयावादीहरुको बीचमा नझुनेहरु नै शहीद भएको बताउनु भयो । शहीदको सपनालाई हामीले बुझको आर्थिक समान्नता भएको भन्दै उहाँले आर्थिक बन्दोवस्त समाजले नेतृत्व गर्नुपर्नेमा जोड दिनु भयो । त्यहाँमात्र सामाजिक न्याय, आर्थिक समानता हुने धारणा राख्नु भयो । भक्तपुर निर्वाचन क्षेत्र नं.१का उम्मेदवार समेत रहनु भएका प्रेम सुवालले देशमा अझै पनि २० प्रतिशत जनताले दिनमा एक छाक खाएर बाँच्नुपर्ने अवस्था रहने गरी गरिवी अन्त सम्म गर्न नसक्ने गरी आलोपालो कहिलेसम्म शासन गर्ने हो ?भनि सोधिरहेको बताउनु भयो । २०४६ सालको जनआन्दोलनबाट प्राप्त अधिकारको दुरुपयोग गर्दै सरकारमा गएका दलहरुले महिनामा ७० हजार युवाहरुलाई विदेश पठाएको गुनासो गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा प्रदेशमा, केन्द्रमा गए पनि जनतालाई सहज शिक्षा र स्वास्थ्य सेवा दिन नीतिगत रुपमा व्यवास्था गर्न जोड दिदै आएको बताउनु भयो । भक्तपुरको सरसफाई, कला संस्कृति संरक्षणमा नेमकिपाले जोड दिदै आएको चर्चा गर्दै उहाँले शहीदहरुको त्यो बलिदानीलाई औपचारिकतामा सिमित राख्न नहुने र सहीदको सपना पूरा गर्न सबै एकताबद्ध भएर अगाडी बड्न आग्रह गर्र्नु भयो । कार्यक्रममा शहीद पुष्पराज शाक्यका छोरा पुञ्जराज शाक्यले आफ्नो बुवा शहीद भएपछि घरमा कमाइ दिने नभएको अवस्थामा आफूलाई छात्रवृद्धि दिएर उच्चशिक्षा हासिल गर्ने अवसर दिएको स्मरण गर्दै नेमकिपा जस्तो संघर्षशिल पार्टीलाई आगामी निर्वाचनमा मतदान गर्न आग्रह गर्नु भयो । अर्का जनआन्दोलनका घाईतेयोद्धा सत्य सम्मेलन शर्माले २०४६सालको जनआन्दोलनमा आफ्नो परिवारमाथि प्रहरी ज्यादति गरेको स्मरण गर्दै बन्दुकको नालीले हिर्काउदा हिर्काउँदै आफ्नो पेट फुटेपछि मर्यो भनि मुद्रा घरमा राखेको उल्लेख गर्दै अन्तिम संस्कारकालागि तयार भइसकेको गुठीयारहरु बीच आफ्नो दाजु आत्रयले यो भाई मर्याछैन भन्दै प्रहरीलाई छलेर मुदा घरबाट अस्पताल लगि वर्षौसम्म उपचार गरेर पुनःजीवन पाएको स्मरण गरेका छन् । आफू घाईते भई उपचार गराउँदा कुनैपनि पार्टी र सरकारले नहेर पनि नेमकिपाका साथीहरुले आफूलाई हेरेको उल्लेख गर्दै आगामी निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई जिताउन सके मात्रै शहीदको सपना पूरा हुने बताउनु भयो । सो अवसरमा बागमतीप्रदेशका सांसद सृजना सैंजूले मेरपछि मान्छे बोल्दैन, मरेपछि मान्छे सोच्दैन, नबोलेपछि नसोचपछि मान्छे मर्छ तर देशकालागि बोल्ने देशको लागि सोच्ने देशकोलागि लड्ने मानिसहरु बाँचिरहन्छ, देशकालागि मर्ने मानिस शहीद बन्छ । अमर बन्छ । मरेपनि बोलि रहन्छ बताउनु भयो । कार्यक्रमका सभापति गोविन्द दुवालले हामीले पञ्चयती व्यवस्थापनि हेरिसकेको, विदेशीको इसारामा चल्ने पूजीवादी व्यवस्था पनि हेरिसकेको चर्चा गर्दै उहाँले नेमकिपाको स्वार्थ भने देश र जनताको निम्ति काम गरि खोन जनताको लागि देशभक्तिपूर्ण आन्देलन भएको बताउनु भयो । कार्यक्रममा किसान नेता गंगाराम ज्याख्वले पनि बोल्नु भयो ।













