सहीद राजकुमार सुवालको स्मृतिम दुई समाजसेवी सम्मानित

सहीद राजकुमार सुवालको स्मृतिम दुई समाजसेवी सम्मानित
भक्तपुर, फाल्गुण ८ गते
सहीद राजकुमार सुवालको स्मृतिमा आज सहीद राजकुमार सुवाल स्मृति पुस्तकालयले दुईजना समाजसेवालाई सम्मानित गरेका छन् । पुस्तकालय प्रांङगण व्यासिमा आयोजित स्मृति सभामा शिक्षाविद बालमुकुण्ड सुवाल र आखारोग विशेषज्ञ शंकर त्वायनालाई सम्मानित गरेका हुन । बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले उहाँहरुलाई फुलको माला, दोसल्ला ओडाएर तथा मायाको चिन्ह एवं कदर पत्रद्वारा सम्माति गरेका हुन । नेपाल क्रान्तिकारी विद्यार्थी संघका राजकुमार सुवाल २०४६ सालको जनआन्दोलनका क्रममा तत्कालिन प्रहरीद्वारा चलाइएको विश्वयुद्धमा प्रतिबन्द लगाएको डमडम गोलीबाट हत्या गरेको थियो । सहीद सुवालको योगदानको कदर गर्दै सञ्चालित सहीद राजकुमार सुवाल स्मृति पुस्तकालयले आज ३५ ओं स्थापन दिवस मनाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरुको तर्फबाट राष्ट्रिय गीतहरु प्रस्तुत गर्दै बक्ताहरुले २०४६ सालको जनआन्दोलनमा सहीदहरुको योगदानहरुको चर्चा गरेको छन ।