पार्टी स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगिता हुने

पार्टी स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगिता हुने
भक्तपुर, माघ ३ गते
नेपाल मजदुर किसान पार्टीको ५२ औं स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रयोगिता आयोजना हुने भएको छ । नेमकिपा भनपा १० वडा समितिले भक्तपुर नगरपालिका स्तरीय प्रगतिशील गीत प्रतियोगिता आयोजना गर्ने भएको हो । नेमकिपाले माघ १० गते विभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउने कार्यक्रम अन्तर्गत भनपा १० समितिले चैत्र २४ गते प्रगतिशील गीत प्रयोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा सहभागि हुन इच्छुक व्यक्तिहरुले माघ १८ गते भित्र आफ्नो गीत दर्ता गर्न आह्वान गरेको छ । प्रति दर्ता रु.२सय मात्र तोकिएको सो प्रतियोगितामा सहभागि हुन नेमकिपा केन्द्रीइ कार्यालय, गोल्मढी, भक्तपुर, जनवर्गीय संगठनको कार्यालय, नागाँचा, कमलविनायक साको नगांचा, थालाछें साको थालों, बेखाल साकोस बेखालमा सम्पर्क राख्न सकिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता माघ २४ गते विहान १० बजे देखि थालाछें दथुत्वचा भनपा १० मा आयोजना हुने छ ।