जुम्लाको स्वादिलो स्याउ भक्तपुरमा
भक्तपुर, भाद्र २९ गते
यस वर्ष जुम्लाको स्याउ काठमाण्डौ आईपुगेको झण्डै १ महिना हुन लागेको छ । भाद्र महिनाको पहिलो हप्ता देखि स्याउ टिपेर काठमाण्डौ ल्याएका व्यवसायीहरुले सित भण्डारण गर्ने ठाउँ नहुँदा भने बजारमा विक्रि गरे अनुसार मात्र स्याउ ल्याउने गरेको व्यवसायी हरि राउटले जनाएको छ । ह्ेर्दा कालो कालो, किरा परे जस्तो डागहरु रहेको तर खान्दा स्वादिलो मात्र होइन कुनै केमिकल प्रयोग नगरिएको अगानिर्क स्याउ भएकाले धेरैले रुचाउन थालेको बताउँछन् । विदेशी स्याउ हेर्दा राम्रो चिटिक्क पर्ने गरेकाले जुम्लेसि स्याउले बजार नपाएको व्यवसायीहरुको गुनासो छ । विगतका वर्षहरुमा बजार नपाउँदा बोटमै कुहाउनु परेको, गाईवस्तुलाई खुवाउनु परेको, माटोमा पुर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाले बोटबाट टिपेको हप्ता दिनभित्र काठमाण्डौ ल्याई विक्रि वितरण हुने गरेकाले उहाँले बताए । राउटका श्रीमती, छोरा छोरी मात्र होइन अन्य व्यवसायीलाई पनि घरदैलो स्याउ विक्रि वितरणमा रोजगारी समेत दिदै आएको उहाँले बताए । भाद्र महिना भित्र २ ट्रक स्याउ बिक्रि गरिसकेको राउटले हरेक वर्ष भाद्र देखि कार्तिक मंसिरसम्म स्याउ व्यवसाय गर्ने र अरु बेला जुम्लाको जडिवुटी व्यवसाय गर्दै १० जनाको परिवार पाल्दै आएको उहाँले बताए । अहिले सिजनको समयमा स्याउ भण्डारण गर्ने सित भण्डारण कक्ष उपलब्ध भएको भए वर्षभरी स्याउ बितिवितरण गरेर स्थायी रुपमा व्यवसाय प्रवर्धन गर्न सकिने थियो तर त्यस्तो व्यवस्था नहुँदा मात्र होइन जुम्ला देखि काठमाण्डौसम्म ढुवानी गर्नलाई समेत अनेक समस्या रहेको उहाँले गुनासो सुनाउँ भयो । हेलिकप्टरबाट त ढुवानी गर्न सकिदैन, गाडीबाट ढुवानी गर्दा बाटोमा बाढी पहिरो आइरहने हुदा दुईचार दिन ढिला भएर स्याउ बिग्रन, लगानी जोखिममा पर्ने समस्या रहेकोले बढी लागत पर्ने गरेको पीडा सुनाउँछन् ।
उनका छोरा गणेश राउटले पनि यो स्याउको सिजनमा आफ्नो बुवा, आमा, दाजु र दिदी बहिनीसँगै यो व्यवसायमा रमाइरहका छन् । उहाँ आफै घर दैलो जुम्लाको स्याउ बिक्रि बितरणमा रमाइरहेका छन् । भर्खरै कक्षा १२ पास गरिसकेर अब डिप्लोमा पर्ने बेला उहाँ स्याउ व्यवसायमा रमाइरहेका हुन । सम्मकालिन युवाहरु रोजगारीकालागि काला पठ्ठर र विदेश पुग्ने गरेपनि आफू भने ख्वप कलेजमा पढ्ने तयारीका साथ स्याउ व्यवसायमा परिवारलाई सघाईरहेको बताउँछन् । हालै सम्पन्न जेन जीको आन्दोलनप्रति पनि उत्सुकता जगाउँदै उहाँले आफ्नो ठाउँमै विकास गरेर स्वरोजगार सृजना गर्न सकिने उहाँको विश्वास छ । कक्षा १२ सम्म साइन्स पढि सक्दा भविष्यमा के पढ्ने भन्ने विषयमा सोच्दै रहेको भन्दै उहाँले जुम्ला स्याउ, मार्सि धान, सिमि, सिलाजित, यार्सागुम्वा सहित विभिन्न जडिवुटिको हव भएकोले रोजगारीकोलागि विदेश जान नपर्ने गरी आफ्नै ठाउँमा जीवन जीउन सकिने विश्वास उहाँमा छ ।
खस भाषाको उद्गमस्थल जुम्लाको सिन्जाबाट ल्याएको स्याउ भएकोले ताथली देखि स्याउ किन आएका पूर्व शिक्षकद्वय् सहदेव शाखकर्मी, हरिकृष्ण राउटले भक्तपुरमा जुम्लाको स्याउ आए देखि नियमित सेवन गर्दै आएको बताए । जुम्लाको स्याउ वर्जिलन भएको भन्दै उहाँहरुले यसको सुकुटि बनाउन पनि मिल्ने भन्दै अव मार्फा बनाएर खाने रहर जागेको बताए भने अर्का शिक्षक श्रीकृष्ण केसीले जुम्ला जाँदा पनि गोटाको रु.५ । १० मा किनेर खाएको स्मरण गर्दै अरु विदेशको स्याउ भन्दा जुम्लाको स्याउ स्वादिलो भएकोले आफूले पनि किनेको र अरुपनि किन आग्रह गर्दै आएको बताउनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














