भक्तपुरमा दशैं औपचारिकतामा सीमित गर्न सरोकारवालाहरूसँग छलफल
२०७७ साल असोज १८ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा दशैंको अवधिमा हुने खम्ये जात्रा र दशैंसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा आइतबार छलफल गरियो ।
छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको अवस्था भयावह बनिरहेको विषम् परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित गर्न सरोकारावाला पक्षहरूसँग छलफल सुरु गरेको बताउनुभयो ।
यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा तथा पर्वहरू सामान्य रुपमा सुरक्षित ढंगले सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले नगरबासी स्वयम् सचेत रहे कोरोना नियन्त्रण सहज हुने बताउनुभयो ।
कोरोना महामारीबीच पनि भक्तपुर नगरपालिकाले नगरबासी संक्रमितहरूलाई लक्षित गरी ७५ शैय्याको सुविधा सम्पन्न आइसोलेसन स्थापना गरेको बताउनुहुँदै उहाँले नगरको सुरक्षा र सरसफाइलाई प्राथमिकता दिएर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
छलफलमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको पछिल्लो अवस्थाबारे अवगत गराउनुभयो । घना बस्ती भएको भक्तपुर नगरमा कोरोनाको जोखिम अझ धेरै भएको हुँदा कोरोना जोखिमका कारण यस वर्षको चाँडपर्वहरू सुरक्षित ढंगले मनाउनुपर्ने बताउनुभयो ।
छलफलमा सरोकारवाला प्रतिनिधिहरूले दशैंमा कम भीडभाड हुने गरी जात्रालाई निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानहरूमा स्वयम्सेवक परिचालन गरी भाडभाड कम गर्नुपर्ने, भीड जम्मा हुने बाजागाजा बन्द गर्नुपर्ने, सचेतनामूलक माइकिङमार्फत नगरबासीहरूलाई सचेत रहन आग्रह गरिरहनुपर्नेलगायतको धारणाहरू व्यक्त गरियो ।
छलफलमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरु, मुकुन्डो निर्माणकर्ता, कर्माचार्य, हाकुज्या (प्रजापति), शाही एवम् चित्रकारहरुका प्रतिनिधिहरूको उपस्थिति थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













