भ।वि।सङ्घको ३१ औं वार्षिक साधारण सभामा ३ जना लव्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई खोपृङ सम्मान ।

भ।वि।सङ्घको ३१ औं वार्षिक साधारण सभामा ३ जना लव्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई खोपृङ सम्मान ।
काठमाण्डौ,
भक्तपुर विकास सहयोग सङ्घले डि।डि।आई। ब‌ैङ्क्वेट, बुद्धनगर,
काठमाण्डौमा आयोजना गरेको ३१ औं वार्षिक साधारण सभामा ३ जना लव्धप्रतिष्ठित व्यक्तित्वहरू क्रमशस् वरिष्ठ गायक एवम् संगितकार सत्यनारायण मानन्धर, पाराओलम्पिक खेलाडी पलेशा गोवर्धन र पर्वतारोही एवम् पत्रकार कल्पना महर्जनलाई खोपृङ सम्मान ( २०८२ बाट सम्मान गरिएको छ । अत्यन्तै भव्य, सभ्य र व्यवस्थित रूपमा आयोजित उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि संस्कृति शिरोमणी हरिराम जोशीले ूक्षणिक र अस्थायी कार्ययोजना दीगो नहुने भएकोले सङ्घको अगुवाईमा काठमाण्डौ र ललितपुरलाई पनि समेटेर भक्तपुरका साँस्कृतिक एवम् पुरातात्विक अध्ययनमा आधारित अन्वेषणात्मक पुस्तक प्रकाशन गरी चीरकालसम्म स्थायित्व हुनुपर्ने कार्य गरेमा इतिहासमा समग्र भक्तपुरकै मान, सम्मान र प्रतिष्ठा बढ्नेू बताउनुभयो ।


सङ्घका पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णलाल प्रधानले सभाध्यक्षको आसनबाट बोल्नु हुँदै ू तत्कालिन भक्तपुर शहरप्रतिको नकारात्मक धारणामा परिवर्तन आएको र भक्तपुरको स्वास्थ्य,शिक्षा, कला संस्कृतिको विकास र प्रवर्द्धनको लागि भक्तपुर विकास सहयोग सङ्घले लिएको उद्येश्यलाई आत्मसात् गर्दै सहभागितामूलक र सबैको सहयोगबाट सौहार्दपूर्ण ढङ्गबाट प्रस्तुत कार्ययोजनालाई सफलता तर्फ उन्मुख बनाउनुपर्ने ू मा जोड दिनुभयो । त्यसैगरी सङ्घका निवर्तमान अध्यक्ष राजाराम जोशीले कठिन परिस्थितिबाट अनेक उतार चढावका बावजुद सङ्घले विविध कृयाकलाप गर्दै आफूलाई सफल संस्थाको रूपमा रूपान्तरण गर्ने प्रयासको लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सोही समारोहमा बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो प्रयासबाट प्रदेशका विद्यालयहरूमा नैतिक शिक्षा अनिवार्य गर्ने, भक्तपुरको प्रायस् सामुदायिक विद्यालयहरूमा बजेटको व्यवस्थाको लागि पहल गरेको प्रसङ्ग कोट्याउनु हुँदै सङ्घले भक्तपुरमा नै आफ्नो भवन बनाउन जग्गाको व्यवस्था गरेको खण्डमा प्रदेश सरकारबाट र साँसद कोषबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी सङ्घका अध्यक्ष राजुमृगेन्द्र जोशीले ूसामाजिक विकास र उत्थानको निम्ति सेवा प्रवाह गर्दै सामाजिक विकास विना देश विकास असम्भव हुन्छ भन्ने मूल्य मान्यतालाई आत्मसात् गर्दै विभिन्न समयमा विभिन्न गतिविधिहरू मार्फत् सङ्घले आफ्नो सेवा विस्तार गर्दै आईरहेको ू बताउनुभयो । साथै उहाँले प्रमुख अतिथिज्यूको परिकल्पना बमोजिम राख्नुभएको धारणालाई मूर्त रूप दिन सङ्घले आगामी कार्ययोजना अन्तर्गत उक्त पुस्तक प्रकाशन गर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट पलेशा गोवर्धनले मन्तव्य राख्नुभएको थियो भने अर्का सम्मानित व्यक्तित्व सत्यनारायण मानन्धरले नेपालभाषाको गीतू झीगु ख्वप दे हाई हाई झीगु ख्वप देू गाएर मनोरन्जन प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथिले सङ्घको नियमित रूपमा प्रकाशन हुँदै आईरहेको सङ्घको बौद्धिक सम्पति खोपृङ २७ औं अङ्कको सार्वजनिकिकरण गर्नुभएको थियो । त्यसैगरी खोपृङ मुठ्ठीदान कार्यक्रम अन्तर्गत ू खोपृङ रामकृष्ण रत्नेश्वरी मुठ्ठीदान शैक्षिक कार्यक्रम, ू स्व। ऐश्वर्यलाल प्रधानाङ्ग तथा स्व। श्रीमति रूक्मिणी प्रधानाङ्गको स्मृतिमा स्थापित शैक्षिक सहयोग कार्यक्रम , डा।अञ्जलि मल्ल शैक्षिक कार्यक्रम,श्याम कृष्ण (राजेश्वरी शैक्षिक सहयोग कार्यक्रम, पार्वति कर्माचार्य स्मृति शैक्षिक सहयोग , स्व।मदनकृष्ण मल्ल तथा स्व। लोचना कुमारी बज्राचार्य मल्ल स्मृति शैक्षिक सहयोग कार्यक्रम अन्तर्गतका शैक्षिक सहयोग रकमहरू प्रदान गरिएका थिए ।
त्यसैगरी खोपृङ नवदुर्गा सङ्कल्प भोजन(२०८१ मा अमूल्य योगदान पुर्याउनु हुने ११ वटा बिभिन्न खलहरू, खोपृङ २७ अङ्कका २८ जना लेखकवर्ग, सङ्घले विभिन्न समयमा सम्पन्न गरेको कार्यक्रमका ५ जना संयोजकहरूलाई कदरपत्र प्रदान गरिएको थियो । त्यस्तैु सङ्घको आ।व। ०८१र८२ को प्रगति प्रतिवेदन महासचिव प्रा।डा। माला मल्लले र कोषाध्यक्ष विदुरचरण रायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित समेत गरिएको थियो । सोही समारोहमा २९ जना सङ्घका नयाँ आजीजन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सङ्घका सदस्य कृष्णेश्वरी हाडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथि, वरिष्ठ सल्लाहकार, सल्लाहकार , पूर्व अध्यक्ष र सम्पूर्ण आजीवन सदस्यलाई द्वितिय उपाध्यक्ष एवम् साधारण सभाका संयोजक गजेन्द्र बहादुर भुजुले स्वागत तथा प्रथम उपाध्यक्ष धर्मभक्त बलले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
समारोहमा आतिथ्यता गर्नुहुने प्रमुख अतिथि, अतिथिगण, सम्मानित व्यक्तित्वहरू, कदरपत्रद्वारा सम्मानित विभिन्न खलहरू, लेखकवर्ग, नयाँ आजीवन सदस्यज्युहरूलगायतलाई पूजा विधिद्वारा सङ्कल्पित पवित्र रूद्राक्षको माला पहिराई सम्मान गरेको र सबैका हातहातमा बिमोचित बौद्धिक सम्पति खोपृङ(२७ अङ्क लिएको दृष्यले कार्यक्रमको शोभा झनै बढेको भान हुन्थ्यो । कार्यक्रमको अर्को आकर्षक पक्ष समृद्धि मल्लद्वारा गरिएको सगरमाथा सम्बन्धी नोट तथा सिक्काहरूको प्रदर्शनि रहेको थियो ।
कार्यक्रमको अन्तमा सङ्घका दिवंगत सम्पूर्ण अग्रजहरूको आात्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।
९समाचार डेस्क स् राजुराम मुनंकर्मी