निल बाराहीमा श्रमदान जारी रहने

निल बाराहीमा श्रमदान जारी रहने
भक्तपुर, श्रावण १६ गते
ऐतिहासिक निलबाराही मन्दिर परिसरलाई पहिरोको जोखिमबाट सुरक्षित गर्न सबै पक्ष एकजुत हुन श्रमदाताहरुले जोड दिएका छन् । पहिरोको जोखिमबाट मन्दिर बचाउने भन्दा सरोकारवालाबीच मतभेड देखिन थाल्दा श्रमदाताहरु आर्चश्यमा परेका छन् । हामी श्रमदान गर्न आउँछौं माटो रोकिन्छ । सरकारले बजेट ल्यायो भन्छ, जनतालाई थाहै दिदैनन् । श्रमदान र सरकारको बजेट एउटै ठाउँमा राखेर मन्दिर संरक्षण गरिदिएको भए कति राम्रो हुन्थ्यो । यस विषयमा सरोकारवालाहरुले किन कुरा बुझ्दैनन् ।
यी भनाईहरु आज मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ उपत्यका विकास प्राधिकरण एवं निलबाराही क्षेत्र संरक्षण सरोकार समितिका पदाधिकारी तथा श्रमदाता भक्तजनहरुको सहभागितामा भएको छलफलमा सरोकार समिति र जनप्रतिनिधीको कुरा मात्रै सनेर बस्नुपर्दा र आफूहरुको गुनासोको सुनुवाई मात्र होइन हजारौले गरेको श्रमदानको उचित मूल्यांकन र त्यसको संम्रक्षण समेत नगरेको पाइएपछि सहभागि श्रमदाताहरुले आक्रोस पोखेका छन् ।
चाँगुनारायण नगरपालिका क्षेत्रबाट ल्याइरहेको माटो कारणबस रोकिएपछि निलवाराही मन्दिर क्षेउसम्म पुगेको पहिरो रोकथाम र बाटो खुलाउने कार्य अवरुद्ध भएपछि जग्गा खनेको घर भत्काएको भग्नावसेसहरुबाट भएपनि बाटो खुलाएर मन्दिर संरक्षण गर्नेमा अभियान्ताहरु एकमत भएपनि आपसी कार्य शैलीप्रति एक आपसमा बाझिदा भने श्रमदाताहरु पनि अचम्भित भएका छन् । बाटो मनाउनुपर्ने हो, मन्दिरलाई पहिरोबाट जोगाउनुपर्ने तर उहाँहरु बीच विवाद देखियो सहभागिहरुले बताए ।
छलफल कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सम्पदा संरक्षण कार्य नगरपालिका प्रदेश सरकार र केन्द्रीय सरकारको पनि दायित्व भएको भन्दै टुक्रे बजेटले संरक्षण हुन नसकेको भन्दै थप संरक्षणकालागि राज्यलाई घचघच्यापनुपर्नेमा जोड दिएका थिए । प्रमुख श्रेष्ठले सरोकारवाला निकाय र विज्ञहरुसँगको परामर्शमा कानूनीरुपमा योजना बनाएर मात्रै संरक्षण गर्नुपर्नेमा जोड दिएपछि सहभागि श्रमदाताहरुले आफूहरुले गरेको योगदानको उचित कदर नगरेको प्रति आपति जनाएका हुन ।
छलफलपछि अभियान्ता सूर्य श्रेष्ठ र अनिश बाडे बीच पटक पटक असमझदारिता देखिएपनि श्रमदान कार्य नरोकिने घोषणा गरेको छ।
आर्थिक, भौतिक एवं श्रमदान गर्दै आएको भक्तजनहरुलाई आज अन्यौलता सृजना गरेको छ । मन्दिरको मुख्य बाटो नै पहिरोले बगाएपछि बैकल्पिक बाटो भएर मन्दिर पुगेका भक्तपुरहरुले विगत ११ हप्ता अगाडी देखि श्रमदान तथा आर्थिक भौतिक सहयोग गर्दै आएका छन् । भोलि श्रावण १७ गते श्रमदानको १२ औं हप्ता पनि श्रमदान जारी रहने आयोजक समितिले जनाएको छ ।