आज च्वछेमा ङालाकेगु जात्रा

आज च्वछेमा ङालाकेगु जात्रा
भक्तपुर, बैशाख ८ गते

भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले आज भक्तपुरको चोछें टोलमा ङालाकेगु जात्रा मनाएको छ । हिजा तोमुनेगु जात्रा सम्पन्न गर्दै आज सो टोलमा परमपरागत ङालाकेगु जात्रा भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जनाएको छ । ङालाकेगु जात्रा सम्पन्न गरी देवगृहमा नवदुर्गा गण फर्केपछि आज आरति दिने चलन रहेको पनि उहाँले जनाएका छ । भक्तपुर नगरका २१ स्थानमा ङालाकेगु जात्रा आयोजना गर्ने परम्परा रहे पनि चेछे सहित ३ ठाउँमा ङा लाकेगु जात्रा आयोजना सम्पन्न गर्दै विशेष आरति दिने चलन रहेको पनि अध्यक्ष बनमालाले जनसञ्चार खवरलाई बताएको छ ।