सेवा निवृत्त शिक्षक समाज शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन

सेवा निवृत्त शिक्षक समाज शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन विमोचन
भक्तपुर, बैशाख ८ गते
सेवा निवृत्त शिक्षक समाजले शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन तथा नयाँ सदस्यहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।
हामी अझै सक्षम छौ भन्ने नाराका साथ समाजले हरेक छ । छ महिनामा शैक्षिक अनुभव पुस्तक बिमोचन गर्दै आउनेक्रममा आज नयाँ अंक अर्थात १६ औं भागको प्रकाशन गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विमोचन गरेको सो कार्यक्रम समाजका अध्यक्ष अम्विका मान्नघर, पूर्व अध्यक्ष नाती कवां, विश्वराम कवां, रामगोपाल कर्माचाय, ज्ञानसागर प्रजापति र तुल्सी राम ग्वाछाले शैक्षिक गतिविधिबारे सो अवसरमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।