प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह
चितवन, २९ चैत । प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा चितवन उद्योग संघको हलमा बिहिबार सम्पन्न भयो ।
प्रमुख अतिथि मन्त्री मोक्तानले बागमती प्रदेशका खेलाडीहरु सक्षम र अब्बल बनाउन खेलकुदमा अगाडि बढेको बताउँदै चौध बर्ष पछि पहिलो पटक आयोजना गरेको बताउनुभयो । उहाँले खेलाडी तयार गर्ने योजना सहित अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गराउन सक्ने गरी खेलकुद महोत्सबको रुपमा प्रतियोगिता सफल भएको बताउँदै पालिका स्तरबाट पनि प्रशिक्षक राखेर खेलकुदलाई जोड दिएको छ भन्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारीले बक्सिङ्गले अन्तर्राष्ट्रिय वा विदेशमा नाम राख्न सफल भएको खेल हो भन्नुभयो । उहाँले विश्व विख्यात खेल र बढी दर्शक हुने खेलमध्येमा पर्ने खेलमा आर्कषण बढेकोले यो खेललाई विकास गर्न बक्सिङ्ग महासंघ दिनरात मेहनत गर्ने बताउनुभयो ।
कार्यक्रम प्रतियोगिता संयोजक धनकुमार मैनालीको संयोजकत्वमा भएको कार्यक्रममा बागमती प्रदेश बक्सिङ्ग संघका सचिब रामकृष्ण प्रजापतिले युवाहरुलाई विकृति र विसंगतिबाट टाढा राख्ने खेलकुद गतिविधि आवश्यक रहेको बताउँदै खेललाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्नुपर्ने बतउानुभयो । उहाँले बक्सिङ्ग नेपालको माटो सुहाउँदो खेल भएकोले यसलार्ई राज्यस्तरबाट ध्यान दिन सके यसको दु्रतगतिमा विकास हुने बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद बागमति प्रदेशका सदस्य सचिब सूर्यलाल भण्डारी, सदस्यहरु उत्तम गुरुङ्ग, अमृत तामाङ्ग, आठौं सागका स्वर्णपदक विजेता प्रकास थापामगर र रामचन्द्र थापामगर, डिएसपि भोजराज रिजाल, नेपाल बक्सिङ्ग महासंघका उपाध्यक्ष किरण श्रेष्ठ र सविन भट्टाचार्यको उपस्थिति रहेको थियो ।
फाईनल खेलको महिलाहरुमा ४८ केजिमा बागमतीका सुस्मा तामा४८ केजिमा बागमतीका सुस्मा तामाङ्गले लुम्बिनीका मन्दिरा पौडेललाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ५० केजिमा बागमति रमिशा श्रेष्ठले कोशी शीला राईलाई जितेर स्वर्णपदक हासिल गरे । त्यस्तै ५२ केजिमा गण्डकीका सोनिया बडुवाले बागमतीका भाबना भण्डारीलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ५४ केजिमा कर्णालीका अन्जनी तेलीले बागमतीका लुम्बिनीका पुष्पा थापालाई जितेर स्वर्ण पदक हासिल गरे । ५७ केजिमा कोशीका नरिका राईले बागमतीका पेमा शेर्पालाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६० केजिमा कोशीका जोनु लिम्बुले बागमतीका नतिशा रानामगरलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६३ केजिमा बागमतीका तनुजा नेपालीले कर्णालीका हेमा राईलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६६ केजिमा सुदुर पश्चिमका प्रतिक्षा रोकायाले बागमतीका तृषणा गुरुङ्गलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ७० केजिमा कर्णालीका कोश डोमा शेर्पाले गण्डकीका अस्मिता बस्नेतलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ७५ केजिमा कर्णालीका शीला मर्हजनले गण्डकीका जोशिका श्रेष्ठलाई जितेर स्वर्ण पदक हासिल गरेको बागमती प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै पुरुष तर्फ ४८ केजिमा बागमतीका रबिन थापाले लुम्बिनीका विशेष बुढा मगरलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ५१ केजिमा बागमतीका लालप्रसाद उप्रेतिले लुम्बिनीका भरत पुनमगरलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ५४ केजिमा बागमतीका मदनकृष्ण डंगोलले कोशीका डम्बर बहादुर श्रेष्ठलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ५७ केजिमा बागमतीका निरञ्जन मोक्तानले कर्णालीका प्रवल उप्रेतिलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६० केजिमा गण्डकीका निश्चल गुरुङ्गले कोशीका सिंघ वीर लिम्बुलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६३।५ केजि सुदुर पश्चिमका महेन्द्र चन्दले कोशीका एक्लिस शाहीलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६७ केजि कर्णालीका प्रशाङ्ग सुब्बाले सुदुर पश्चिमका नविन जाग्रीलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ७१ केजिमा बागमतीका आश्विन धिरण श्रेष्ठले गण्डकीका निशान गुरुङ्गलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ७५ केजिमा गण्डकीका टार्जन धर्तिमगरले कोशीका प्रशान्त दाहाललाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ८० केजिमा सुदुर पश्चिमका बालाजी रावलले बागमतीका प्रशाङ्ग श्रेष्ठलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ८६ केजिमा गण्डकीका किरण विकले लुम्बिनीका प्रशान थापालाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ९२ केजिमा गण्डकीका सुनिल श्रेष्ठले बागमतीका प्रदिप तामाङ्गलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ९२ केजिभन्दा माथिकोमा बागमतीका करण तामाङ्गले कोशीका इशाक जनक शाहीलाई जितेर स्वर्ण पदक हासिल गरेको बागमती प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
यस खेलमा बागमती प्रदेशले पुरुषमा ६ वटा स्वर्ण पदक, २ वटा सिल्भर र ४ वटा ब्रोन्ज मेडल र महिलामा ३ वटा स्वर्ण पदक, ४ वटा सिल्भर र २ वटा ब्रोन्ज मेडल सहित टिम प्रथम हुन सफल भयो भने गण्डकी प्रदेश टिम दोश्रो र कर्णाली टीम तेश्रो भयो भने महिला खेलाडीमा बागमतीका तनुजा नेपाली र पुरुषमा गण्डकीका निश्चल गुरुङ्ग उत्कृष्ट खेलाडीका साथै उत्कृष्ट कोचमा रमेश दास श्रेष्ठ घोषित भएको बागमती प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













