सवारी दुर्घटनामा राईको मृत्यु
भक्तपुर, माघ १०गते
गत सोमबार मध्यपुर थिमीको दिव्यश्वरीस्थित क्षमावती ग्रुप कम्पनी आगाडी भएको सवारी दुर्घटनामा घाईतेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार घाईटे सपना राईको उपचारकोक्रममा बुधबार मृत्यु भएको हो । सोमबार साँझ पेप्सीकोलाबाट मगर गाँउतर्फ जाँदै गरेको बा.प्र. ०१ ०२७ च. ९२७ नं. को कारलाई सोही दिशातर्फ जाँदै गरेको बा ५० प. ७४१ नं.को मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला भोजपुर पात्लेपानी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष २९को राजु राईको श्रीमती वर्ष २३ की सपना राई गम्भिर घाईते भई उपचारकोलागि मदरल्याण्ड अस्पताल पेप्सीकोला काठमाण्डौ लिगएको थियो । घाइते राईको थप उपचारकोलागि काठमाण्डौ मेडिकल कलेज सिनामंगल काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा बुधबार राईको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लाश सोही अस्पतालमा राखिएको र नीजकी छोरी वर्ष ३ की ईश्वरी राई उपचार पश्चात डिस्चार्ज भएको प्रहरीका सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जनाएको छ । दुर्घटनामा परेको सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३४को कृष्णप्रसाद गौतमलाई प्रहरी बृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटना बारे थप अनुसन्धान भई रहेको सूचना अधिकारी पौडेलले जनाएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














