सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा ।।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको टोली घोषणा गरेको छ । क्यानले नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी हिजो सन्दीप लामिछानेको कप्तानीमा ओमानमा हुने छनोटका लागि टोली घोषणा गरेको हो । टोलीमा शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।














