भक्तपुरको बंश गोपाल तेखाचो भिषणमा आगलागि

भक्तपुरको बंश गोपाल तेखाचोमा भिषण आगलागि
भक्तपुर, पुस १८ गते
भक्तपुर नगरपालिका वडा नं. ३स्थित बंश गोपाल तेखाचोमा आज विहान आगलागि भएको छ । स्थानीय पूर्णकुमार चगुठीको तहरामा आज विहानै अचानक लागलागि भएको स्थानीय जनप्रतिनिधी कृष्णगोपाल चगुठीले जनाएको छ । भिषण आगलागि भएपनि आगलागि भएको तहरामा कोही नबस्ने भएकोले अन्य क्षेति भने नभएको उहाँले बताउनु भयो । आफ्नै दाजुभाई पर्ने चगुठीको तहरामा के कसरी लागलागि भयो भन्ने कुरा बुझ्न बाँकी भएको भन्दै जनप्रतिनिधी चगुठीले कोही नबस्ने ठाउँमा आगलागि हुन नपर्ने बताउनु भयो । वरपर घरवस्ती भएपनि सो तहरामा कोही नबस्ने भएकोले आगलागिको कारण बुझ्न नसकेको उहाँले बताउनु भएको हो । यस भन्दा अघि पनि पूर्णकुमार चगुठीको फर्निचरमा आगलागि भएको उहाँले स्मरण गराएका छन् । आज विहान नैं आगो नियन्त्रणकालागि भक्तपुर डम्कल, स्थानीय जनता र प्रहरी परिचालन भएको थियो । सो तहरामा भूकम्पछिको पूराना काठहरुको चाङ राखिएको थियो । क्षतिको विवरण भने आउन बाँकी छ ।