तःमुज्याले मनायो, न्हु दँया भिन्तुना
भक्तपुर, कार्तिक १६ गते
नेपाल सम्वत ११४५ को अवसरमा नेपाल भाषा साहित्य तःमुज्याले आज न्हुँ दया भिन्तुना साँस्कृति र्याली आयोजना गरेको छ । भक्तपुर नगरको सुजमारी र तःमारीबाट भिन्तुना र्याली आयोजना गर्दै तःमुज्याले सदाझै यस वर्षमा पनि मास्तर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरेका छन् । न्हुदँको अवसरमा भक्तपुर नगरको दरवार क्षेत्रसँगै खौमामा रहेको मल्लको शालिकमा माल्यार्पण गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय साँसद प्रेम सुवालले देशमा पटक पटक राजनैतिक परिवर्तन आएपनि जनताको प्रजातन्त्र नआएको प्र्रष्ट पार्नु भयो । नेमकिपाको बैचारिक र सैद्धान्तिक राजनितिलाई भ्रमित पार्ने कुचेष्टाहरु भइरहेको चर्चा गर्दै साँसद सुवालले सत्तासिन दलहरुले देशलाई परनिर्भर बनाउने, नदि नाला विदेशीको हातमा पुर्याउने देशघाति काम मात्र गरेको बताउँदै पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि भक्तपुरको मौलिक सम्पदा र संस्कृति नष्ट हुदै गएको विचार व्यक्त गर्नु भयो । उहाँले युवाहरुलाई विदेश होइन स्वदेशमै रोजगारी दिनुपर्नेमा जोड दिदै देशभरका विभिन्न भाषा भाषी र संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
तःमुज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार र ४४ औं तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजु एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठको आतिथ्यतामा भएको भिन्तुना र्यालीमा सयौं सांस्कृतिक बाजा, परम्परागत नाचगान सहित भिन्तुना र्याली आयोजना गरेको थियो ।














