चाँगुमा प्रगतिशिल साँस्कृतिक समाजले मनाए, न्हु दँया भिन्तुना
भक्तपुर, कार्तिक १६ गते
नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले संस्कृति भनेको सिकाई केन्द्र भएकाले साँस्कृतिक सिकाईले समाज अघि बढ्न प्रेरणा मिल्ने बताउनु भएको छ । चाँगुनारायण प्रगतिशिल सांस्कृतिक समाजले आज आयोजना गरेको भिन्तुना र्यालीमा सो कुरा बताउनु हुँदै सांसद सुवालले समाजबादी देशहरुमा छिटो विकास हुने गरेको उदाहरणहरु प्रस्तुत गर्नु भयो । उहाँले उत्तर कोरियामा १५ वर्षसम्म माछा मार्दै गरेका एक युवालाई विद्यालय पठाएर शिक्षित बनाएसँगै नेपालमा दुतको रुपमा पठाएको उल्लेख गदै उहाँले जनताका छोराछोरीलाई शिक्षित बनाउन अहिलेको सरकार नलागेको चर्चा गर्नुृ भयो । बैदेशिक्षक हस्तक्षेपको विरोध गर्नुपर्ने धारणा राख्दै उहाँले सरकारले कर्णाली नदिको एक ग्लास पानी पनि नेपालीले छुन नपाउने गरी भारतीय कम्पनीलाई दिनु र सो कम्पनीले पनि अन्य कम्पनीलाई बेच्दा पनि सही गरेर वस्ने सरकार देशधाती भएको बताउनु भयो । सांसद सुवालले विदेशबाट ग्यास ल्याएर नभई यहाँका जनताको लगानीमा भएपनि विद्युत उत्पादन गरेर जनतालाई आत्म निर्भर बनाउनुपर्नेमा जोड दिनु भयो
कार्यक्रममा समाजका न्हुछेभक्त फोजू, मिनबहादुर बाटा, गणेशलाल फोजू सहितका अतिथिहरुले न्हु दँको शुभकामना आदानप्रदान गर्दै साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । छालिङ्गबाट सुरु भएको न्हु दँ या र्याली चाँगुनारायण नगरको विभिन्न क्षेत्रहरुको परिक्रममा गरी झौखेलस्थित सुलु टोलमा पुगेर सभामा परिणत गरेको थियो ।













