भक्तपुरमा चार पांग्रे गाडीको परिक्षण १५ मध्ये ६ प्रदुर्षित

भक्तपुरमा चार पांग्रे गाडीको परिक्षण १५ मध्ये ६ प्रदुर्षित
भक्तप्ुर, असार १२ गते
वातावरण विभाग बबरमहल, काठमाण्डौको प्राविधिक टोलीले आज भक्तपुरको इतापाखें स्थित नगरकोट सडकमा ४ पाँग्रे सवारी साधनको परिक्षण गरिएको छ । विभागको छड्के परिक्षणमा १५ वटा सवारी परिक्षण गर्दा ६ वटा सवारी साधन प्रदुर्षित भएको पाइएको विभागका मेकानिकल इन्जिनिरयर लक्ष्मी श्रेष्ठले जनाएको छ । अस्ति चुनदेवीमा परिक्षण गर्दा सामान्य रहेको पाइएपनि इटापाखेमा आज गरिएको छोटो परिक्षणमै धेरै प्रदर्षित गाडी भेतिएको उहाँले बताए । प्रदुर्षित गाडीलाई ट्राफिक प्रहरी मार्फत सामान्य कार्वाही गरि पठाए पनि चालकहरुलाई गाडी मर्मत तथा सर्भिसिङका लागि आग्रह गरेको उहाँले बताए । प्रदुर्षण देखिएका गाडीहरुको पुनः बोलाएर परिक्षण गराउने भन्दै इन्जिनियर श्रेष्ठले डिजेलको चार पाँग्रे गाडीको मात्रै परिक्षण गरिएको बताए ।