धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या गर्ने प्रहरी नियन्त्रणमा
ठिमी, माघ ३ गते
भक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी आफ्नौ आमाको हत्या गर्ने एक युवालाई नियन्त्रणमा लिएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ३ तेर्सेटारको एक घरमा डेरा गरी बस्ने सरिता भण्डारीलाई हिजो राती निजकै २७ वर्षिय छोरा प्रबिन भण्डारीले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएपछि उपचारकालागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकैक्रममा हिजो राती मृत्यु भएको प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । सानो ठिमी प्रहरी प्रभागका प्रहरीलाई सो घटना बारे जानकारी पाएपछि भक्तपुर प्रहरीको अनुसन्धान टोली सहित परिचालन गरी मृतकका छोरालाई पक्राउ गरेको उनले जनाएको छ । प्रहरीका अनुसार आफ्नै आमालाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएपछि प्रविनले फेरी आफैलाई टाउकोमा गम्भिर घाइते गरी सोही अस्पतालमा उपचार गरी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गर्दै घटनास्थलबाट तरकारी काट्ने चक्कु १ स्थान र रोटी पकाउने तावा १ थान समेत फेला पारि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
Featured Posts – Style 1
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजना
2026-08-01 Comments Off on स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजना
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजनाभक्तपुर,देशमा शान्ति सुरक्षा स्थापित...
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
2026-07-31 Comments Off on दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमनभक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा...
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...













