बधस्थल पसलमा अनुगमन
भक्तपुर, १७ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा हनुमानघाट र महेश्वरी स्थानमा रहेको बधस्थलहरु अनुगमन गरियो । अनुगमनमा बधस्थलहरु व्यवस्थित र सुधार गर्न धेरै बाँकी रहेको बताउनु भयो । साथै उहाँले बधस्थल भुँई र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राखी निकासको व्यवस्थापन र फोहर पानी सुद्धिकरण पछि मात्र खोलामा फाल्ने वा निकासमा राख्ने व्यवस्थापनहरु, पशुपंछि वध योग्य भए नभएको चेक जाँचहरु गर्नुपर्ने नभएको र राँगो बाध गरेपछि आएको फोहरहरु व्यवस्थित नभएको पाईएको बताउनुभयो ।
महेश्वरी सप्लार्यमा बधस्थल सरसफाइमा ध्यान दिनु पर्ने, किमा बनाउने मेसिन र टेबुल सफा गर्नुपर्ने, एप्रोन सेतो र सफा गरी लगाउनु पर्ने र फोहरहरु व्यवस्थित गर्नुपर्ने निर्देशन दियो ।
त्यस्तै जय महेश्वरी माँ फ्रेश मिटमा पसल ०७६÷०७७ देखिनै नविकरण नगरेकोले तीन दिन भित्र पसल नविकरण गर्न र तराजू पनि नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै न्यू महेश्वरी हाईजेनिक मिट शपमा बधस्थलको फोहर व्यस्थित गर्न राख्न पर्खाल बनाएर छुट्याई राख्नुपर्ने, बधस्थल सफा गर्नुपर्ने, एप्रोन सेतो र सफा प्रयोग गर्नुपर्ने, मुल्य सूचि व्यवस्थित गर्नुपर्ने, मासु राख्ने टेबल ग्लासले छोपेको र बारेको धुलो र झिंगा नभन्किने गरी मासु सुरक्षित राख्नुपर्ने, राँगो काट्ने वा मार हान्ने जीवित राँगोले नदेख्ने गरी व्यवस्थापन गर्नुपर्ने र मासु व्यवस्थापन गर्ने भुँई पानी नजम्ने गरी सफा गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्ने सुधार गर्न पटक पटक निर्देशन दिँदा पालना नभएको देखिएकोले तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
अनुगमनमा सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, उद्योग बाणिज्य संघ भक्तपुरका बिश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघ भक्तपुरका लक्ष्मी प्रसाद कवाँ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक सञ्जिब कोजूअमित दण्डेखु र पशु सेवा कार्यालय भक्तपुरका पार्वती योञ्जन सहभागी थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...










