मुक्ति संगीतद्वारा आज आकस्मिक रक्तदान
भक्तपुर, कार्तिक १५ गते
मुक्ति संगीत प्रशिक्षण केन्द्रले आज आकस्मिक खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । ऐतिहासिक नगरी भक्तपुरको तौमढीमा आयोजित सो रक्तदान कार्यक्रममा ५ जना महिला र २ जना पुरुष सहित ७ जनाले रक्तदान गरेको केन्द्रका संस्थापक मुक्ति सुन्दर जघारीले जनाएको छ । अविरल झरिका बीच आयोजित सो रक्रदान कार्यक्रम रक्तसञ्चार केन्द्र भक्तपुरको आकस्मिक अनुरोधमा आज रक्तदान कार्यक्रम आयोजना गरेको उहाँले जनाएको छ ।















