भनपामा जनप्रतिनिधीले पायो पूर्णता, जनअपेक्षा अनुसार काम गर्न कार्य विभाजन गर्न मात्र बाँकी

भनपामा जनप्रतिनिधीले पायो पूर्णता, जनअपेक्षा अनुसार काम गर्न कार्य विभाजन गर्न मात्र बाँकी
भक्तपुर, जेष्ठ १७ गते
भक्तपुर नगरपालिकामा जनप्रतिनिधीहरुले पूर्णता पाएको छ । सो नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुको शपथ ग्रहणसँगै जनप्रतिनिधीहरुले पूर्णता पाएको हो । ४५ जना जनप्रतिनिधीहरु निर्वाचित भएको सो नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुमा सुनिता प्रजापति अवाल, कृष्णप्यारी भुजु, रोशनीमैया सुवाल, रञ्जना त्वाती र छोरी मैया सुजखुलाई हिजौ निर्वाचित गर्दै आज पद् तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

नगर प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्य समितिका सदस्यहरुलाई शपथ ग्रहण गराँदै पूmलको माला, खाडा ओडाएर तथा परम्परागत ठैली दिएर बढाईज्ञापन गराएका थिए । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरु जनताको सेवामा समपति भएर लागेको हुनाले देश विदेशमा परिचित भएको उल्लेख गर्दै जनताका बीच जुन सुकै बेलामा पनि हुन सक्ने समस्यामा सहयोग पुर्याउन तयारी भएर बस्नुपर्नेमा जोड दिनु भयो । अग्रजहरुले गरेको धेरै मेहनत र परिश्रमलाई अलिकति पनि आँच नपुग्ने गरी जनप्रतिनिधीले विगत ५ वर्षमा निर्वाचन घोषणा पत्र कार्यान्वयनमा जोड दिएर भक्तपुर नगर सफा, सम्पदाको उत्कृष्ठ र ज्ञान विज्ञानको केन्द्र बनाउन सफल भएको बताउनु भयो ।
बागमति प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई कोरोना संक्रमणको बेला गरेको विपद् व्यवस्थापनलाई उत्कृष्ठ थानि पुरस्कृत गरेको जानकारी दिदै हामी पुरस्कार र सम्मान्न पाउन नभई जनताको सेवाका लागि कार्य गरी रहेको बताउनु भयो । कोरोना विपद् व्यवस्थापनका लागि २० हजार घरधुरीलाई परिचय पत्र बाडेको, २२ हजारलाई साह्रे २ घण्टामा राहात वितरण गरेको, नगरका २५ स्थानमा तरकारी बजार व्यवस्थापन गरेको, नगरका प्रत्येक वडामा ५ सय स्वयम्सेवकहरु परिचालन गरेको, ख्वप अस्पताल पनि सोही बेला सुरु गरेको स्मरण गराउनु भयो ।
देशकै उत्कृष्ठ नगरको रुपमा पहिचान बनाएपछि अव गल्ति गर्ने छुट नभएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले जनतालाई दिएको घोषणा पत्रको प्रतिबधतालाई एक एक गरी कार्यान्वयन गर्दै जाने बताउनु भयो । नवर्निवाचित भएको एक हप्ता भित्र मेलम्चीको पानी वितरण सुरु गरेको र थप खानेपानीको श्रोत परिचालन गरी नगरमा खानेपानीको व्यवस्थापन गर्ने, ख्वप विश्वविलय वा थप कलेजहरु र सञ्चारको विकास गर्ने त्यो भन्दा कृषि क्षेत्रको लागि महत्व दिएर काम गर्ने कुरा पनि पुनः प्रतिवधता जनाउनु भयो ।
कार्यपालिकाले पूर्णता पाएपछि कार्य विभाजन गरी जनताले देख्ने गरी काम गर्न जनप्रतिनिधीहरु एकमनले लाग्ने र त्यसको कार्यान्वयनको जिम्मेबारी कर्मचारीको हुने विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा उपप्रमुख रजनी जोशीले जनताका ससाना आधारभूत आवश्यकताहरु पूरा गर्ने क्रममा भक्तपुर नगरपालिकाको कामगर्ने शैली ख्वप मोडल बन्न पुगेको बताउनु भयो । ख्वप मोडल हामीले भनेका होइनौं, जनताका विभिन्न क्षेत्र, सञ्चार क्षेत्रले हामीले गरेको उत्कृष्ठ कामको समीक्षा गर्दै दिएको नाम भएको उहाँले बताउँदै यसरी उच्चाईमा पुगेपछि अझ रही रहन बढी मेहनतका साथ घोषणा पत्रलाई अक्षरश पालना गरेर काम गर्नुपर्नेमा जोड दिनु भयो । २०७४ साल अगाडीको १५ वर्ष जनप्रतिनिधी बिहिन रहेको अवस्थामा गर्न नसकेको काम गत ५ वर्षमा पूरा गरेको दाबी गर्दै सो बेला नगर प्रमुख प्रजापतिले ५ वर्षमा ४ गुण बढी काम गरेर देखाउने बतायनु भए अनुसार कार्य गर्न सफल भएको बताउनु भयो ।
भनपा ७का जनप्रतिनिधी उकेश कवांले स्वागत मन्तव्य व्यक्त गर्दै जनताको आशा र भरोसालाई दायित्व र जिम्मेवारीता बोद्ध गर्दै जनताका लागि जनतासँग काम गर्न सके मात्रै उचाई हाँसिल गर्न सक्ने विचार व्यक्त गर्नु भयो ।
भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले असार १० गते बजेट पेश गर्न र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउन संघ संस्था, प्रदेश सरकार, केन्द सरकार र आन्तरिक श्रोत खोजेर र परिचालन गरेर जनताको स्वीकार्य हुने व्यापक जनताको सहभागितामा काम गर्ने तयारी भइरहेको जनाउनु भयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले भक्तपुर नगरपालकाका निर्वाचित जनप्रतिनिधीहरु अधिकांश पूरानै भएकाले अनुभवि भएको उल्लेख गर्दै जनप्रतिनिधी र कर्मचारीहरु बीचको राम्रो सम्बन्धले नीति नियम र योजनाहरु कार्यान्वयन प्रभावकारी भई जनताले सेवा पाउन बिचार व्यक्त गर्नु भयो ।