सफल महिला उद्यमी एवं समाजसेवीसुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।
भक्तपुर — भक्तपुरका प्रतिष्ठित व्यवसायी तथा भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिव मानन्धरकी दिदी एवं प्रसिद्ध महिला उद्यमी तथा समाजसेवी बिकुदेवी सुकुपायो (मानन्धर) को उपचारका क्रममा असामयिक निधन भएको छ।
परिवारको कुशल अभिभावकत्व निभाउँदै विगत ३० वर्षदेखि इट्टा भट्टा, होटल, पेट्रोल पम्प, तथा हार्डवेयर पसल सञ्चालन गरी एक सफल उद्यमीका रूपमा स्थापित ५९ वर्षीया सुकुपायोको गत श्रावण ६ गते निधन भएको हो। २०२२ साल कार्तिक ९ गते जन्मनुभएकी स्व. सुकुपायो भक्तपुरका प्रतिष्ठित व्यवसायी शिवभक्त सुकुपायोकी धर्मपत्नी हुनुहुन्थ्यो।

उच्च सतर्कताका साथ पाठेघरको क्यान्सरको उपचार गराइरहेकै क्रममा उहाँको असामयिक निधन भएपछि मानन्धर तथा सुकुपायो परिवार स्तब्ध र मर्माहत बनेको छ। एपोलो, नर्भिक अस्पताल लगायत अन्य वरिष्ठ विशेषज्ञ डाक्टरहरूको प्रत्यक्ष रेखदेख, उपचार तथा परामर्शका बावजुद पनि उहाँलाई बचाउन नसकिएकोमा परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
स्वर्गीय सुकुपायोका भाइ एवं भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिव मानन्धरले दिदीको अकल्पनीय निधनले सिङ्गो परिवार अभिभावकविहीन बनेको बताउनुभयो।
स्व. बिकुदेवी सुकुपायो व्यवसायका अलावा सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। उहाँ भक्तपुर उद्योग वाणिज्य संघकी शुभचिन्तक हुनुका साथै संघअन्तर्गत सञ्चालित छात्रवृत्ति कोषकी दाताका रूपमा समेत योगदान पु¥याउँदै आउनुभएको थियो। उहाँले नवदुर्गा लाइवन सदस्य, ख्वप महिला सदस्य र भक्तपुर चेम्बरको तर्फबाट जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ती प्रदान गरिएको थियो ।
उहाँको निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।













