पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन भक्तपुरमा

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन भक्तपुरमा
भक्तपुर, बैशाख १५ गते
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन आज भक्रपुरमा आयोजना भएको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्दै अधिवेशनको अवसरमा महासंघको सदस्य भएर क्रियाशिल रजत वर्ष पूरा गरेका पत्रकारहरुलाई सम्मानित गर्नु हुँदै नगर उहाँले जनप्रतिनिधी र पत्रकारहरु बीच घनिष्ठ सम्बन्ध र सहकार्य हुनुपर्नेमा जोड दिनु भयो भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले भ्रामक समाचारहरुले आफु जस्तै जनप्रतिनिधीहरुलाई अप्ठेरोमा पार्ने गरेको चर्चा गर्दै सही र सन्तुलित समाचार प्रसारणकालागि पत्रकारहरुमा आग्रह गर्नु भयो ।


पत्रकारहरुको अह अधिकारका सवालहरुमा घनिभूत रुपमा छलफल गर्दै आयोजिन अधिवेशनमा महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्ट सहितका अतिथीहरुले पनि अधिवेशनको सफलताकालागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाको सभापतित्वमा आयोजना भएको थियो ।