राऊ दोस पन्छाउन राऊ दान(नुनदान)

राऊ दोस पन्छाउन राऊ दान(नुनदान)
भक्तपुर, पुस २९ गते
भक्तपुरको तौमारीमा आज नेवार जातमा पिछडिएको जातको रुपमा परिचित पोडे समुदायलाई भव्य रुपमा राऊदानका साथै भोज खुवाएका छन् । वर्षको २ पटक अर्थात ६। ६ महिनामा यसरी राऊ खुवाएर सर्वसाधारण जनताले आफ्नो राऊ दोस फन्छाउने जनविश्वासका साथ स्थानीय समुदायले राऊ दान गर्ने गरेकोे आदिवासी जनजाति अभियान्ता राजेश दिदियाले जनाएको छ । राऊको रुपमा नुन दान गर्न स्थानीय समुदायको बाक्लो उपस्थिति थियो । दान गर्न पनि लाइनमा बस्नुपर्ने, त्यो पनि समुदायका पिछडिएका जातलाई ससम्मान चौरासी व्यञ्जन सहित भोज खुवाउने परम्पराको विशेष महत्व रहेको दिदियाको भनाई छ । यो सामाजिक सदभावको पर्व हो, भन्दै उहाँले यो पर्व नेवार समुदायको उद्यसँगै विकास भएको बताए । यस पर्वलाई नेवार संस्कारमा महादानको रुपमा लिने गरेको पण्डित सत्य शर्मा बताउँछन् । दानले पुण्य कमाई हुने विश्वासका साथै दसा फाल्न राऊदान गर्ने परम्परा रहेको पण्डित शर्माले जनसञ्चार खवरलाई बताए ।