सुकुन्दा साकोसको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना भन्दा बढि लाभान्वित

सुकुन्दा साकोसको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना भन्दा बढि लाभान्वित

बैशाख १५, भक्तपुर । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता भन्ने नाराका साथ जगाती, भक्तपुरमा स्थापित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।जगाती स्थित वाईजल्याण्ड स्कुल वासिकचामा शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरबाट तिन सय भन्दा बढिले सेवा लिएका छन् । उक्त शिविरमा आँखा परिक्षणमा १८० जना र दन्त परिक्षणमा १०२ जना र ९५ जनाले ब्लड प्रेसरको परिक्षण गरेका थिए ।सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजभाई माकले सहकारीले आर्थिक कारोबारको हिसाब किताब मात्र गर्ने नभइ सामाजिक उतरदायित्व पनि बहन गर्नुपर्ने बताउदै सामाजिक उत्तरदायित्व निर्वाहको रुपमा सुकुन्दा सहकारीले निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम आयोजना गरेको समेत उहाँले बताउनुभयो ।शिविर समापन कार्यक्रममा सुकुन्दा साकोसका व्यवस्थापक सानुकाजी चिकंंबञ्जार, सचिव सुर्यराम त्वानाबासु, महिला समितिका संयोजक चित्रा कुमारी किसि, वाइजल्यान्ड स्कुलका प्रिन्सिपल आशा कुमार चिकंंबञ्जार र डा. योजना थापाले पनि बोल्नुभएको थियो ।

आँखा शिविरमा ख्वप अस्पताल (तिलगंगा अन्तर्गत) भक्तपुरको प्राविधिक सहयोग र दन्त शिविर कार्यक्रममा द डेन्टल सिटी हस्पिटल, भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम पश्चात सहयोगी संस्थाहरु वाइजल्याण्ड स्कुल, ख्वप अस्पताल (तिलगंगा अन्तर्गत) र द डेन्टल सिटी हस्पिटललाई आयोजकको तर्फबाट धन्यवाद एवं मायाको चिनो प्रदान गरिएको थियो ।

बैशाख १५, भक्तपुर । कमल विनायक बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा कक्षा ५ र सो भन्दा माथिका बाल बचतकर्ताहरुको अक्षर सुधारको लागि १५ दिने हस्तलेखन तालिम सरस्वती विद्यागृह माविमा सुरु भयो ।

संस्थाका संस्थापक सल्लाहकार न्हुछे बहादुर खाताखोले प्रष्ट र सुन्दर अक्षरबाट व्यक्तिको व्यक्तित्व पहिचान हुने बताउँदै भविष्य निर्माणको लागि सहयोगी भूमिका निभाउने बताउनुभयो । तालिमका प्रशिक्षक सुरज दिदियाले सुन्दर अक्षर लेखनको लागि गरिएको मेहनतबाट विद्यार्थीहरू अझ बढी अरु क्षेत्रमा पनि मेहनत गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सुनिल मगजूले संस्थाको विभिन्न गतिविधि सञ्चालन र हालको अवस्था बारे जानकारी दिनुभयो । संस्थाका व्यवस्थापक नारायण प्रसाद ह्याैमिखाले नगरबासीको बचत रकम बहुउद्देश्यीय सहकारीबाट सुरक्षित नभएको अवस्थामा विकल्पको रूपमा स्थानीय व्यक्तिहरू मिलेर सहकारी स्थापना भएको बताउनुभयो ।

३६ जना बाल बचतकर्ताहरु सहभागी भएको उक्त कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक विश्वराम मगजू र रामकृष्ण सुवालले पनि आफ्ना विचार राखेका थिए ।