महाकाली द्योछेंको क्षेमा पूजा, भूलाछें जात्रामय

महाकाली द्योछेंको क्षेमा पूजा, भूलाछें जात्रामय
भक्तपुर, चैत्र २३ गते
भक्तपुरका प्रसिद्ध महाकाली मन्दिरको द्यो छेंको छाना मर्मत कार्य पूरा गरी आज क्षेमा पूजा आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ६स्थित भुलाछेंमा आज द्यो छें परिसरमा क्षमा पूजा आयोजना गरेको हो । भक्तपुर नगरपालिकाको १३ लाख लागत इष्टिमेटमा गत ३ महिना लगाएर गरेको छाना मर्मत कार्य सम्पन्न गरी आज क्षमा पूजाका साथै परम्परागत शैलीमा झण्डाटोलन समेत गरेको छ । नगरपालिकाको १३ लाख लागत इष्टिमेटलाई स्थानीय समुदायको आर्थिक, भौतिक तथा श्रमदानद्वारा निर्माण कार्य सम्पन्न गर्दा ८ लाख मात्रै खर्चेर सो मर्मत कार्य पूरा गरेको स्थानीयहरुले बताएका छन् । लागत इष्टिमेट भन्दा धेरै कम रकममा मर्मत कार्य पूरा गरी स्थानीय समुदायको आर्थिक, भौतिक सहयोगबाटै क्षमा पूजा आयोजना गरी समुहिक भोज समेत आयोजनाको तयारी भएको स्थानीयले जनाएको छ । आज दिनभर भुलाछें जात्रा मय हुने छ । द्योछें परिसरमा द्यो बो प्रदर्शनीसँगै बाजा गाजासहित महाकाली मन्दिर र आसपासका क्षेत्रमा जात्रा हुने छ । विस्का जात्रामा महाकाली र महालक्ष्मीको खत्र जात्रा समेत हुने परम्परा रहि आएको छ।