कमलविनायकमा छठ पवकालागि ७ घोडा सहितको छठी माता स्थापना

कमलविनायकमा छठ पवकालागि ७ घोडा सहितको छठी माता स्थापना
भक्तपुर, मंसिर ३ गते
छठ पर्व मनाउने भक्तपुरको कमलविनायकमा ७ घोडा सहितको छठी माताको मुत्र्ति स्थापना गरेको छ । पोखरी परिसरमा छठ पर्व मनाउन सहभागि समुदायको सहयोगमा यस वर्ष ७ घोडामाथि विराजमान गरेकी छतीदेवीको मूर्तिको आँखा खोली छठ पर्व मनाएका छन् भने भक्तालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएका थिए भने भोली विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्मापन गर्ने गरी आजरातभर जाग्राम बस्ने भक्तालुहरुको तयारी छ ।
छठ पर्व मनाउनकालागि बनेपा, बानेश्वर, बालकोट, दुवाकोट लगायत विभिन्न क्षेत्रबाट हजारौको सहभागिता रहेको छ । आयोजकहरु भन्छन् ५ हजार भन्दा बढीको सहभागिता हुने छ । विशेष गरी तराई समुदायले मनाउने छठपर्व रामायणकालिन भएको भन्दै यस पर्र्वले शुख, शान्ति, समृद्धि र सन्तान प्राप्तिको मनोकाक्षा पूरा हुने जनविश्वास रहेको सहभागिहरुको भनाई छ ।


आआफ्नो ठाक ठलोका नदी, पोखरीको किनारमा मनाईने छठ पर्व काम विशेष तथा बसाई सराईसँगै विभिन्न क्षेत्रमा मनाउनेक्रममा भक्तपुरको कमलविनायक स्थित कमलपोखरीको डिलमा पनि छठपर्व मनाएका हुन ।
छठपर्वको अवसरमा सुख शान्तिको कामना गर्दै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पनि छठी माताको दर्शन र पूजा गर्दै अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिदै छठ पर्व मनाएका छन् । सो अवसरमा भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा सहित जनप्रतिनिधीहरुको पनि सहभागिता थियो ।
उदाउदो सूर्यलाई अर्घ दिएर भोली विहान छटी माताको मूर्ति नदी किनारामा सेलाउने पम्परा रहेको आयोजक समितिका लक्ष्मण रौनियारले जनाएका छन् । छठ पर्वको अवसरमा ब्रतालु र भक्तजनहरुकालागि ब्रत बस्ने, चिया नास्ता तथा मिठाई वितरणको समेत व्यवस्था रहेको उनले बताए ।