मध्यपुर थिमिको सहकारी नियमावलीको अन्तिम प्रारुप तयार हुँदै
कात्तिक ३, केके मानन्धर ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको अन्तिम प्रारुप तयार भइरहेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो । ‘पछिल्लो समय सहकारी अभियानलाई समेत प्रभावित हुनेगरी समस्या देखिन थालेको छ । त्यसैले यी यावत समस्यालाई सम्बोधन गर्न हामीले सहकारी सम्बन्धिको नियमावली बनाएका छौं ।’ उपप्रमुख श्रेष्ठले बताए । नगरपालिकाले सहकारीको पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषको व्यवस्था गरेर समस्यामा रहेका समुदायप्रति उत्तरदायि रहेका सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठले रुस र युक्रेन तथा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव संसारभर रहेकोले नेपालमा समेत यसको प्रभाव स्वरुप वित्तीय सन्तुलनमा समस्या भएको बताए । उहाँले ससाना पुँजीलाई एकीकरण गरी त्यसलाई सहि मानेमा चलायमान बनाउन आह्वान गरे ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण रु. १७,२२,५३,४०७.७९ (सत्र करोड बाईस लाख त्रिपन्न हजार चार सय सात रुपियाँ उन्नानसत्तरी पैसा मात्र) र चुक्ता पुँजी रु. १,४६,९३,६००।– (एक करोडा छयासी चौंसठी लाख चालिस हजार चार सय रुपियाँ मात्र) रहेको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा यी सम्पूर्ण विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको समेत जानकारी दिइएको थियो । संस्थामा आर्थिक वर्ष २०७९–८० मा सेयर सदस्यहरु १४६१ जना मध्ये पुरूष ८९० महिला ५७१ रहेको अवगत गराइएको थियो ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न सुचना दिए बमोजिम सदस्यहरुको सुझाव संकलन गरी एउटै कार्यक्रममार्फत निर्णय पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठ, ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका बालमुकुन्द उपाध्याय, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र श्रेष्ठ, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
लेखा सुपरीवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव अनिल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महिला सदस्य मिन्दिरा श्रेष्ठले स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।कात्तिक ३, केके मानन्धर ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको अन्तिम प्रारुप तयार भइरहेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो । ‘पछिल्लो समय सहकारी अभियानलाई समेत प्रभावित हुनेगरी समस्या देखिन थालेको छ । त्यसैले यी यावत समस्यालाई सम्बोधन गर्न हामीले सहकारी सम्बन्धिको नियमावली बनाएका छौं ।’ उपप्रमुख श्रेष्ठले बताए । नगरपालिकाले सहकारीको पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषको व्यवस्था गरेर समस्यामा रहेका समुदायप्रति उत्तरदायि रहेका सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठले रुस र युक्रेन तथा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव संसारभर रहेकोले नेपालमा समेत यसको प्रभाव स्वरुप वित्तीय सन्तुलनमा समस्या भएको बताए । उहाँले ससाना पुँजीलाई एकीकरण गरी त्यसलाई सहि मानेमा चलायमान बनाउन आह्वान गरे ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण रु. १७,२२,५३,४०७.७९ (सत्र करोड बाईस लाख त्रिपन्न हजार चार सय सात रुपियाँ उन्नानसत्तरी पैसा मात्र) र चुक्ता पुँजी रु. १,४६,९३,६००।– (एक करोडा छयासी चौंसठी लाख चालिस हजार चार सय रुपियाँ मात्र) रहेको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा यी सम्पूर्ण विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको समेत जानकारी दिइएको थियो । संस्थामा आर्थिक वर्ष २०७९–८० मा सेयर सदस्यहरु १४६१ जना मध्ये पुरूष ८९० महिला ५७१ रहेको अवगत गराइएको थियो ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न सुचना दिए बमोजिम सदस्यहरुको सुझाव संकलन गरी एउटै कार्यक्रममार्फत निर्णय पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठ, ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका बालमुकुन्द उपाध्याय, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र श्रेष्ठ, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
लेखा सुपरीवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव अनिल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महिला सदस्य मिन्दिरा श्रेष्ठले स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...