चावहिलमा रक्तदान कार्यक्रम

चावहिलमा रक्तदान कार्यक्रम

२ कार्तिक। उपासना बहुउध्देश्यीय सहकारी संस्था लि. र ओम गल्स होस्तेलको आयोजनामा  गोपीकृष्ण नगर, चावहिल-७, काठमाण्डौंमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको उद्घाटन ओम अस्पतालका अध्यक्ष एवं वरिष्ठ डाक्टर आनन्द प्रसाद श्रेष्ठ ब्लड ब्याग हतान्तरण गरि गर्नु भयो । प्रमुख अतिथी डा. श्रेष्ठले दसैंको बेला कसैलाई सर-सामन किन्न चटारो, कसैलाई आ-आफ्नो घर जान्न हतारो हुने समयमा पनि रक्तदान गर्नु भएकोमा प्रसंशा एवं धन्यवाद दिनु भयो। रक्तदाता महानुभावहरुलाई प्रमुख अतिथी, बिषेश अतिथी( रक्त संम्राट) प्रेम सागर कर्माचार्य, अतिथी टंक बहादुर श्रेष्ठ, सूर्य कुमारी श्रेष्ठ र संस्थाका अध्यक्ष रोशन भयोध्योले मायाको चिनो तथा प्रमाण पत्र वितरण गर्नु भएको कुरा रक्तदान संयोजक मुक्ति सुन्दर जधारीले बताउनु भयो । कार्यक्रममा महिला र पुरुष गरि जम्मा २३ जनाले रक्तदान गर्नुभएको थियो ।