सहकारी मिलेर जनतालाई रोजगार दिन सकिने नेमकिपा अध्यक्ष विजुक्छेको भनाई
भक्तपुर, असोज २० गते
सहकारी संघ संस्थाहरु मिलेर बेरोजगारहरुलाई रोजगार दिनेतर्फ ध्यान दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जोड दिनु भएको छ । श्वेतभैरव बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभाको आज भक्तपुरमा उद्घाटन गर्नु हुँदै अध्यक्ष बिजुक्छेंले सहकारी संघ संस्था धनिहरुलाई झन धनि बनाउनकालागि नभई गरिव जनताको हितमा केन्द्रीत हुनुपर्नेमा जोड दिनु भयोे । किसानहरुसँग खेतहरु कम हुन थालेसँगै कामको अभाव हुन थालेको भन्दै अध्यक्ष बिजुक्छेले दुई तिन वटा सहकारीहरु मिलेर कलकारखानाहरु खोलेर काम दिनुपर्ने, जेष्ठ नागरिकहरुकालागि आदर निकेटनहरु खोल्दै जानुपर्नेमा जोड दिनु भयो ।


जेष्ठ नागरिकहरुलकालागि आदर निकेटन बनाउनु सहकारीको राम्रो कार्य भएको भन्दै अध्यक्ष विजुक्छेंले पैसा भएर पनि जेष्ठ नागरिकहरुको सेवा गर्ने अवस्था नभएको प्रति सचेत पार्दै उहाँले सहकारी संस्थामार्फत सामाजिक सचेतना र हितका लागि काम गर्न सके मात्रै सहकारीको महत्व बढ्ने उल्लेख गर्नु भयो ।


संस्थाका अध्यक्ष जितेन्द्र खायमलिको सभापतित्वमा भएको सो साधारण सभामा स्थानीय जप्रतिनिधी केपी कोजू, पूर्व जनपतिनिधी महेन्द्र खायमली, संस्थाका पूर्व अध्यक्ष नातिभई ह्यौवा, शिक्षासेवी लक्ष्मीनारायण दुवाल, जिल्ला बचत संघका प्रतिनिधी राजकुमार लघुले पनि सहकारी संस्थाको नाममा जनताको पैसा ठग्ने प्रवृतीलाई चिनेर समुदायमा आधारित सहकारी संस्थाहरुलाई मात्र विश्वास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक नाँच गानहरु पनि प्रस्तुत गरिएको थियो भने झो भ्वय् आयोजना गरी सहभागि सदस्यहरुलाई भोजन गराएको थियो ।















