बौद्ध संघ,अनो(दान स्मृति सम्मान पुरस्कार सम्पन्न ।

बौद्ध संघ,अनो(दान स्मृति सम्मान पुरस्कार सम्पन्न ।

आज मिति ने।सं।११४३ ञँलाथ्व: अष्टमी ९२०८० असोज २० गते ०शनिबार न:पुखु बैक्वेट,मिनिबस पार्क, भक्तपुरमा बौद्ध संघ भक्तपुरको आयोजनामा रत्नायन प्रतिष्ठानको सहयोगमा बौद्ध संघ अनो(दान स्मृति सम्मान पुरस्कार नेपाल बौद्ध परियत्ति शिक्षा ( बु।सं।२५०७ प्रधान केन्द्र लाई रू। एक लाख नगद सहित सम्मान पत्र प्रदान गरियो ।


अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मसोभन महास्थविरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा बुद्धको शिक्षा विज्ञान सहमत र व्यवहारिक धर्म भएकोले सबैले स्वीकार गर्न सजिलो छ । बुद्ध धर्म जाती,भाषा,क्षेत्रमा र वर्णमा सिमित नहुने र सबै अनुसरण र अनुकरण गरि जीवन सार्थक बनाउने प्रवचन गर्नु भयो । त्यस्तै नेपाल बौद्ध परियत्ति शिक्षाका परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविर,पुरस्कार छनोट समितिका संयोजक कृष्णकुमार प्रजापति, सदस्य डा। त्रिरत्न मानन्धर, सदस्य डा। सबिता धाख्वा, धर्मचन्द्र शाक्य,रविकिरण बज्राचार्य र रत्नायन प्रतिष्ठानका संयोजक संघरत्न शाक्य, बौद्ध संघ,अनो(दान स्मृति सम्मान पुरस्कार स्थापनाले बुद्ध शिक्षा प्रचारप्रसार गर्न निकै योगदान पुर्‍याउने बताउनु भयो ।
समारोहमा विभिन्न धार्मिक सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूक‍ो उल्लेख्यमात्रामा सहभागीता भएको थियो ।
बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यको सभापतित्वमा भएको समारोहमा स्वागत सचिब सुगत रत्न बज्राचार्यले दिनु भयो भने सह(सचिब लक्ष्मीचन्द्र बज्राचार्य दिनुभयो ।
समारोह पंचशील प्रार्थना बाट शुरू भई अन्तमा पुन्यानुमोदन गरि सम्पन्न भयो ।