वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तह २०८० सालमा बिबिए, बिए, बिएएसडब्लुमा नया“ भर्ना भएका विद्यार्थीहरु माझ अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी संस्था अन्र्तगतका वागीश्वरी माध्यामिक विद्यालय, वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ मानेज्मेन्ट स्थापना देखि आजको समयमा एक सफल नमुना संस्था बनाउन गरिएका संघर्ष, सफलताका कुराहरुलाई उद्धाहरण दिनुह“ुदै विद्यार्थीहरुले पनि निरन्तर संघर्ष गरे सफल निश्चय हात पर्ने वताउनुभयो । विद्यार्थीहरुले विदेशमा जस्तै नेपालमा पनि मिहिनेत गरे विदेशमा भन्दा राम्रो दामसंगै मान र साथ पकै पनि पाइने वताउनुभयो ।


वागीश्वरी कलेजमा विद्यार्थीहरुलाई विद्यार्थीहरुको पढाईको स्तर तथा विभिन्न क्षमतालाई सम्मान स्वरुप दिदै गरेको विभिन्न प्रकारको छात्रबृति, विद्यार्थीहरुलाई सकृय तथा कृयाशिल वनाउन कलेजले आयोजना गरेको विभिन्न गतिविधि लगाएत विषयबारे वागीश्री कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विस्कृत जानकारी दिनुभएको थियो ।
नया“ विद्यार्थीहरुलाई परिचयार्थका लागी विषयगत शिक्षकहरु उपस्थिति हुनुका साथै कलेजका मानविकी इन्चार्ज राजन फेलु र बिबिएका इन्चार्ज बब्लु राउतले आ–आफ्नो विषयका महत्वबारे वर्णन गर्नुभएका थिए ।