शनिबार लान्चा फल्चामा निःशुल्क बृहत स्वास्थ्य शिविर हुने

शनिबार लान्चा फल्चामा निःशुल्क बृहत स्वास्थ्य शिविर हुने
भक्तपुर, श्रावण ४ गते
कमलविनायक पोलिक्लिनिक लान्चा फल्चा शुभारम्भको अवसरमा बृहत निः शुल्क स्वास्थ्य शिवर आयोजना हुने भएको छ । कमलविनायक, लान्चा फल्चा, भत्केपाटीस्थित कमलविनायक पोलिक्लिनिक प्रांगणमा आयोजना हुने सो शिविरको अवसरमा प्रयोगशालामा ४० प्रतिशत छुट तथा रेडियोलोजी सेवा (भिडियो एक्स रे)मा ५० प्रतिशत छुट प्रदान गरिने पोलिक्लिनिकका व्यवस्थापक लक्ष्मी कोजूले जनाएको छ ।
श्रावण ६ गो शनिबार विहान ८ बजेबाट सुरु हुने सो शिविरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ, जनलर मेडिसिन, बालरोग विशेषज्ञ, जनरल सर्जरी, स्त्री रोग विशेषज्ञ, फिजियोथेरापी, सुगर जाँच र निःशुल्क औषधी वितरण समेत गर्ने पोलिक्लिनिकको कार्यक्रम रहेको छ । यही श्रावण १ गतेबाट औपचारिक रुपमा सेवा प्रारम्भ गरको कमलविनायक पोलिक्लिनिकले विभिन्न विशेषज्ञ सेवा सहित भिडियो एक्स रे, एक्स रे, इको, होलबडि गोल्ड तथा सिल्भर चेक अप, पित्तथैलीको पत्थलीको उपचार समेत सेवा विस्तार गरेको छ ।


गुणस्तरीय स्वास्थ्य सेवा तपाईको घर आगँनमा भन्दै कमलविनायक पोलिक्लिनिकले फिजियोथेरापी पनि सेवा विस्तार गरेको छ । शनिबारको दिन पनि सेवा खुल्ला रहने सो पोलिक्लिनिकमा हरेक दिन विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चेकअपको व्यवस्था रहेको व्यवस्थापक कोजूले बताए । छालिङ्ग, नगरकोट, बागेश्वी, सुडाल, ताथली तथा भक्तपुर नगरका बासिन्दाहरुका लागि पायक पर्ने गरी कमलविनायक पोलिक्लिनिक सञ्चालनमा आएको हो ।
सञ्चालनमा आएको हप्तादिन मै विभिन्न अस्पतालहरुका विरामीहरु समेत फोलपका लागि आउन थालेको चर्चा गर्दै व्यवस्थापक कोजूले निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरी पोलिक्लिनिकको गुणस्तरीय स्वास्थ्य सेवा बारे समुदायलाई जानकारी दिन चाहेको बताए।