भक्तपुरका ४ वटै नपाको बजेट कस्को कति?
भक्तपुर, असार १० गते
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुले निर्धारत समयमै आआफ्ना नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरेका छन् । गत असार ६ गते बाट जारी नगर सभाहरुले आ.व २०८०।८१कालागि आआफ्नो महत्वकांक्षी योजना र कार्यक्रमहरु सहित बजेट प्रस्तुत गरेका हुन ।
भक्तपुर नगरपालिकाले आव २०८०।८१कालागि भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उदेश्यका साथ वजेट २ अर्व २६ करोड ८५ लाख, ९४ हजार को बजेट प्रस्तुत गरेको छ यद्यपी बागमती प्रदेशले सो नगरपालिकालाई समपुरक र विशेष अनुदान प्राप्त नभएको भन्दै भक्तपुर नगरपालिकालाई विभेद गरिएको ठम्याइ सहित उपप्रमुख रजनी श्रेष्ठले आज बजेट विवरण प्रस्तुत गरेका छन् ।
यता मध्यपुर थिमी नगरपालिकाले गुणस्तरीय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकीकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार नारालाई आत्म साथ गर्दै उपप्रमुख विजयकृष्ण श्रेष्ठले आव २०८०।८१का लागि २ अर्व ९९ करोड ४ लाख २९ हजार २ सयको बजेट प्रस्तुत गरेको छ ।
भक्तपुरको अर्को नगरपालिका चाँगुनारायणले २०८२।८३मा नगरकोट भ्रमण वर्ष गर्ने तयारीका साथ उपप्रमुख रमेश बुढाथोकीले १ अर्व ७१ करोड ६ लाख १ हजार बरावरको विनियोजित बजेट प्रस्तुत गरिसकेको छ भने सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरीता भट्टराईले आव २०८०।८१कालागि कूल २ अर्ब १० करोड ५० लाखको बजेट प्रस्तुत गर्दै आज बसेको १४ औं नगरसभाबाट सो बजेट पारित समेत गरिसकेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













