भक्तपुर नगरमा पनि थालियो, अब्यवस्थित ठेला पसल हटाउन

भक्तपुर नगरमा पनि थालियो, अब्यवस्थित ठेला पसल हटाउन
भक्तपुर, श्रावण २४ गते
भक्तपुर नगर क्षेत्रका ठेला गाडाहरु अन्य अव्यवस्थित पसल व्यवसाय पनि हटाउन थालेको छ । भक्तपुर नगरपालिकाले केही हप्ता अगाडी देखि सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्र भित्र अव्यवस्थित रुपमा राखेर धुम्ति पसल व्यवसाय गर्दै आएका ति व्यवसायलाई हटाउन थालेको हो । अतेर गर्ने व्यवसायको ठेला समेत जफत गरी नगर क्षेत्रका अव्यवस्थित फुटपाटलाई ब्यवस्थित गर्न थालेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जनासञ्चार खवरलाई जानकारी दिएको छ । वडा निरिक्षक प्रजापतिका अनुसार हिजोबाट ठेल्ला हटाउने अभियान सुरु गरेको हो । सार्वजनिक सूचना संचार माध्यमबाट समेत दिएर गाडीबाट हप्तौं पहिलेदेखि माइकिङ गरेपनि अटेर भइ बाटोमा बटुवाहरू आवात जावत गर्न अवरोध र गाडी जाम भइ दुर्घटना समेत हुने सम्भाबना भएकोले अटेर भएको गाडा उठाएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
बाराही स्थान सूर्यविनायकबाट सुरु भएको ठेला हटाउने अभियान अन्तर्गत आज कमलविनायक, भाने र हाकुफो हिटीसम्म पुगेको छ । हिजो १५ वटा र आज १५ वटा गरी अहिलेसम्म ३० वटा ठेला पसलेहरु नियन्त्रणमा आएको वडा निरिक्षक प्रजापतिले बताए ।

भक्तपुर नगरपालिकाले नगर क्षेत्रको सडकपेटी र फुटपाथमा पसलको सामान राख्ने, साइकल, ठेलागाडा, गाडी, धावा पसल राख्ने र घुम्ती पसल व्यवसाय सञ्चालन कार्यले सर्व सधाराणको आवजावतमा अवरोध हुनुका साथै सवारी दुर्घटनामा समेत हुन सक्ने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्दै त्यस्तो व्यवसायलाई हटाउन थालेको होे । नगरपालिकाको आह्वानलाई अवज्ञा गरेको भन्दै नगरपालिकाले सडक पेटी र फुटपाथमा पसलको सामग्री राखेका, साइकल, ठेलागाडा, गाडी धावा तथा घुम्ती पसलका साथै अनधिकृतरुपमा राखिएका सामग्री र निषेधित क्षेत्रमा सञ्चालन गरिएका व्यवसायहरुलाई उठाई वा हटाई नियमानुसार कारर्बाही गर्न थालेको हो ।
नगरपालिकाको यो अभियानले न्यून आय भएका व्यवसायलाई मारमा पारेको प्रतिकृया आउन थालेको छ । काठमाण्डौ महानगरपालिकामा जस्तै भक्तपुर नगरपालिका क्षेत्रमा त्यस्तो अनधिकृत व्यवसायमा रोक लागेपछि देशका विभिन्न क्षेत्रबाट भक्तपुर आएर व्यवसाय प्रवर्धन गर्दै आएका समुदायलाई समस्या भएको गुनासो हुन थालेको हो । काठमाण्डौमा व्यवसाय प्रवर्धन गर्न नदिएपछि भक्तपुरसम्म ठेला र साइकलमा व्यवसाय गर्नेहरुको माहोल बढेपछि सार्वजनिक क्षेत्रमा समेत सर्व साधारणलाई आवजावत गर्न गाह्रो भएपछि सर्वसाधारणहरुको गुनासोका आधारमा पनि नगरपालिकाले यो कदम चालेको जानकारहरु बताउँ छन् ।