श्वेत भैरवद्वारा दन्त शिविर आयोजना

श्वेत भैरवद्वारा दन्त शिविर आयोजना
भक्तपुर, असार २३ गते
श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्वास्थ्य उप समिति भक्तपुरले आज निःशुल्क दन्त शिविर आयोजना गरेको छ । भनपा ८स्थित जेला टोलमा रहेको कार्यालय प्रांगणमा आयोजित सो दन्त शिविर ख्वप अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरेको संस्थाका व्यवस्थापक रत्न खायमलीले जनाएको छ । सो अवसरमा करिब सय जना विरामीको प्रेस जाँच तथा दन्त परीक्षण गरेको थियो भने संभव भएका दन्त रोगीहरुको दात फुकाउने, सफाई गर्ने तथा थप औषधी उपचारका लागि परामर्श समेत दन्त चिकित्सक सविना बासुकला सहितका स्वास्थ्यकर्मीले दिएका थिए ।


आज परीक्षण गरिएका कतिपय दन्त रोगीहरुको एक्स्रे नलिन दात फुकाउन नमिल्ने, सिमेन्ट भर्न नमिल्ने भएकाले उपयुक्त परामर्श सहित सो दन्त शिविर आयोजना गरेको थियो ।