पर्यटकको पर्खाईमा चर्नावती त्रिवेणी धाम

पर्यटकको पर्खाईमा चर्नावती त्रिवेणी धाम
प्रचार र प्रबद्र्धनका लागि जेठ ७ गतेदेखि १५ गतेसम्म नवाह महायज्ञ
२६ चैत २०७९
भक्तपुर ।
प्राचिन,ऐतिहासिक तथा पौराणिक स्थल दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिका वडा नं.७ मा अबस्थित चर्नावती त्रिवेणी धाममा आगामी जेठमा बृहत् श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चर्नावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघले राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिईएको हो ।
महायज्ञ ब्यबस्थापन मुल समारोह समितिका संयोजक तथा बरिष्ठ कलाकार मदनदास श्रेष्ठले धामको प्रचारप्रसार गर्न तथा तीर्थाटन क्षेत्रको रुपमा संरक्षण र विकास गर्न जेठ ७ गतेदेखि १५ गतेसम्म नवाह संचालन गर्न लागिएको जानकारी दिनुभयो ।
संयोजक श्रेष्ठले नवाह ज्ञान महायज्ञमा प्रतिष्ठित संस्कतिविद् प्रा.डा.कान्ता भट्राईले अमृतमय कथाका साथ सो क्षेत्रको धार्मिक एबं पौराणिक विवेचना गर्नुहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले तामाकोशी नदी किनारमा अवस्थित चर्नावती धाम रहेको ठाउँमा त्रेत्रा युगमा राम– सिताको पाइला परेको विश्वास रहेको बताउनुभयो । चर्नावती धाममा तामाकोशी, गोपिखोला र चरङ्गेको त्रिवेणी रहेको बताउँदै उहाँले पवित्र भूमिको प्रचारप्रसार तथा संरक्षण र विकासमा महायज्ञले थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा पुर्वमन्त्री समेत रहनुभएकी विदुषी प्रा.डा.कान्ता भट्राईले नेपाल देवभुमि र ऋषिभुमि रहेको बताउँदै नेपालमा जन्म भएकोमा सबैले गर्व पर्नुपर्ने बताउनुभयो । चर्नावती धामलाई कासी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ भन्दै उहाँले यसबारे धार्मिक ग्रन्थमा समेत उल्लेख भएको बताउनुभयो ।
कार्यक्रममा बिश्वहिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारी,पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा,प्रदेश सांसद भरतबहादुर केसी,पुर्व राजदुत डा.बिष्णुहरी नेपाल,पुर्व जिबिस सभापति द्धय रुद्रबहादुर खड्का र लालकुमार केसी,मुल समारोह समितिका सदस्य सचिब तथा शैलुङ्ग गाउँपालिकाका निबर्तमा अध्यक्ष भरत दुलाल लगायतले सो क्षेत्रको महत्वबारे चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान उपकुलपति तथा प्रा.डा.जगमान गुरुङ्ग दोलखा जिल्ला महान तपस्वीहरुको ध्यानभुमि,ज्ञानमुमि र तपोभुमि रहेको बताउनुहुन्छ ।धार्मिक ग्रन्थमा समेत उल्लेखित यस धाम प्रसिद्ध कालिन्चोक देबीको मन्दिरको जलकुण्ड हुँदै चरणमा बगेको खोला भएकाले चरणावती नाम भएको उहाँको भनाई छ ।
कार्यक्रममा दोलखामा कृयाशिल बिभिन्न राजनीतिक दलका नेता, बिभिन्न पेशा र ब्यबसायमा संलग्न दिग्गज ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगायत अगुवा ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
हाल चर्नावती त्रिवेणी धाममा झण्डै तीन करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सेवा केन्द्र बनेको छ ।४० रोपनी खाली पर्ती जग्गामा बनेको केन्द्रको संचाल नयाँ आर्थिक वर्षबाट सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो ।
किंवदन्ती अनुसार वनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धामलाई कासी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ । रामले वनबासका क्रममा दिबगंत हुनुभएका पिता दशरथको यही श्राद्ध गर्नुभएको संस्कृतिबिद्को भनाई छ ।त्रिवेणीमा सिताले स्नान गरेको विश्वास समेत रहेको स्थानीय समाज सुधारक ,शिक्षासेवी तथा सहकारीकर्मी रामकृष्ण बुढाथोकी बताउनुहुन्छ ।
चर्नावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र बन्नु महत्वपूर्ण रहेकोले यसको सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने संघका सल्लाहकार तथा समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।