निलबाराहीमा २ घण्टा श्रमदान अभियान
मध्यपुर, जेष्ठ ४ गते
श्री निलबाराही क्षेत्र संरक्षण सरोकार समितिले शनिबार देखि थालेको श्रमदानमा विभिन्न अभियन्ताहरु जोडिन थालेका छन् । मन्दिर परिसरको सरसफाई, पहिरो रोकथामकालागि वृक्षारोपणका गतिविधिहरु सहित अभियान्ताहरुले निलबाराही मन्दिर क्षेत्रको संरक्षण अभियानमा एक्यबद्धता जनाएका हुन । आज दोस्रो दिन पनि मध्यपुर स्काउटका संयोजक तुल्सी हरी प्रजापति सहित विभिन्न संघ संस्थाका अभियन्ताहरुले सहभागिता जनाउँदै निलबाराही क्षेत्र संरक्षण अभियानमा एक्यबद्धता जनाएका थिए । सो क्षेत्रमा श्री निलबाराही क्षेत्र संरक्षण सरोकार समितिले शनिबार देखि २ घण्टा श्रमदान अभियान सञ्चालन गरेको अभियान्ता निशुल प्रजापतिले जनाएको छ ।


















