आजबाट विस्का जात्रा सुरु हुँदै, शुभकामना र्याली आयोजना
भक्तपुर, चैत्र २८ गते
भक्तपुरको ऐतिहासिक विस्का जात्रा आजबाट सुरु हुँदै छ । साँस्कृतिक जात्रालाई भव्य र सभ्य रुपमा मनाउन आज भक्तपुर नगरपालिकाले विस्का तथा नयाँ वर्ष २०८२ सालको शुभकामना र्याली एवं सभा आयोजना गरेको छ । नेमकिपा सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा आज भक्तपुरको दत्तात्रयबाट सुरु गरेको प्रभातफेरी टौमढीमा पुगेर शुभकामना सभामा परिणत भएको थियो । सो कार्यक्रममा सांसद प्रेम सुवाल, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, गुठि संस्थान भक्तपुरका प्रमुख खेमा ओली भनपा ५का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे र भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले विस्का जात्रा र नयाँ वर्ष २०८२ सालको शुभकामना दिदै साँस्कृतिक पर्व विस्का जात्रालाई भव्य र सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । सो अवसरमा व्यक्त शुभकामना सन्देशहरु
८ दिन ९ रातसम्म मनाइने ऐतिहासिक विस्का जात्राको आज पहिलो दिन तौमढीबाट गःहिटीसम्म पुर्याउने परम्परा रहेको छ । यद्यपी तलो र माथिलो समूह बीच रथलाई आआफ्नो ठाउँमा लाने होडवाजी हसे हैसेले जात्रामा रौनक त दिन्छ नै तर यो होडबाजीबीच झगडा हुन सक्ने ईट्टा हानाहान हुन सक्नेस्थितिलाई नियत्रण गर्न निर्धारित समयमै जात्रा आयोजना गर्ने र सम्पन्न गर्ने योजना बनाएको छ । आज दिउँसो ३ बजेबाट जात्रा प्रारम्भ हुने बताएको छ ।












